बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानको एउटा प्रान्तमा मात्रै १५ सय बालबालिकालाई झाडापखाला

अफगानिस्तानको एउटा प्रान्तमा मात्रै १५ सय बालबालिकालाई झाडापखाला

अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका विरामी भएको जनाइएको छ। पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका विरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

kumari

काबुल- अफगानिस्तानको उत्तरपूर्वमा रहेको टखर प्रान्तमा झाडा पखालाबाट एक हजार ५०० बालबालिका विरामी भएको जनाइएको छ। पछिल्लो एक हप्तामा उक्त प्रान्तमा अत्यधिक झाडा पखालाका विरामी भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। 

'हाम्रो प्रान्तमा मात्रै झाडा पखालाबाट अहिले एक हजार ५०० भन्दा बढी विरामी भएको विवरण आएको छ, उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ,' अफगानी अधिकारीले भने। सरकारी अधिकारीहरुले रोग नियन्त्रणका लागि प्रयास गरिरहेको जानकारी दिएका छन्। 

गर्मी मौसम, प्रदूषित पिउने पानी, स्वास्थ्य सतर्कताको अभावलगायतका कारणले झाडा पखाला फैलिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। यसअघि दुई हप्ता पहिले अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा नौ हजार ५०० विरामी भएका थिए। उनीहरूमध्ये ६६७ जनामा हैजा भएको पुष्टि गरिएको थियो।

प्रकाशित: Aug 11, 2022| 00:15 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।