बुधबार, फागुन २०, २०८२

श्रीलंकामा मंकीपक्सको परीक्षण सुरू

स्वास्थ्य मन्त्रालयले मंकीपक्सको कुनै पनि सङ्क्रमण पहिचान गर्न र पुष्टि बाँकी रहेको जनाएको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

कोलम्बो- श्रीलंका स्वास्थ्य विज्ञहरूले आफ्ना नागरिकमा मङ्कीपक्स सङ्क्रमण भए नभएको पत्ता लगाउन परीक्षण सुरु गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीले बुधबार बताएका छन्। ती अधिकारीले सिन्ह्वालाई बताएअनुसार विश्व स्वास्थ्य संगठनले उक्त प्रयोजनका लागि परीक्षण किट उपलब्ध गराएपछि स्वास्थ्य मन्त्रालयले परीक्षण गर्न थालेको हो।

परीक्षण राजधानी कोलम्बो र केन्द्रीय सहर क्यान्डीमा गरिएको थियो।

स्वास्थ्य मन्त्रालयले मंकीपक्सको कुनै पनि सङ्क्रमण पहिचान गर्न र पुष्टि बाँकी रहेको जनाएको छ।

विश्व स्वास्थ्य संगठनले गत महिना आधिकारिक रूपमा घोषणा गरेअनुसार अफ्रिका क्षेत्रभन्दा बाहिर हालको बहु–देशीय मंकीपक्स प्रकोप अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकालमा परिणत भएको जनाएको छ।  

प्रकाशित: Aug 11, 2022| 04:30 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।