आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायाधीश नियुक्ति मापदण्डविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश

न्यायाधीश नियुक्ति मापदण्डविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश

सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- सर्वोच्च अदालतले न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बनाएको नयाँ निर्देशिकाविरुद्ध परेको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।

National life

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आज उक्त निवेदन दर्ता गर्न आदेश दिएको हो। अधिवक्ताद्वय कीर्तिनाथ शर्मा पौडेल र ज्योतिदेव पनेरुले दायर गरेको रिट निवेदन बिहीबार सर्वोच्चका कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ (दर्ता गर्न अस्वीकार) गरेका थिए। 

नयाँ निर्देशिकाले न्यायालयलाई झन प्रभावित पार्ने चौतर्फी चिन्ता बढ्न थालेको र व्यक्तिगत स्वार्थ जोडिएकाले न्यायाधीश नियुक्तिको प्रक्रियामा अदालतका कर्मचारीहरु, सरकारी वकिलहरु, कानून अधिकृतहरु एवं कानून व्यवसायीहरुबीच असमान व्यवस्था भएको रिट निवेदनमा छ।

नेपालको संविधानको धारा २९ को शोषणविरुद्धको हकमा आघात पुगेको र धारा ३३ को रोजगारीको हकको भावना र धारा १८ को समानताको हक एवं धारा २० को न्यायको हकविपरीतको न्यायाधीश नियुक्तिको प्रक्रियासम्बन्धी निर्देशिका भएकाले उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ।

प्रकाशित: Aug 10, 2022| 23:20 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।