आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसबाट निर्वाचितलाई विश्व पौडेलदेखि काशीराज दाहालसम्मले दिँदैछन् प्रशिक्षण

कांग्रेसबाट निर्वाचितलाई विश्व पौडेलदेखि काशीराज दाहालसम्मले दिँदैछन् प्रशिक्षण

बुधबार पार्टी कार्यालयमा महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गर्दै प्रशिक्षकहरूको टुंगो लगाएको हो।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- नेपाली कांग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलदेखि कानुनविद् काशीराज दाहालसम्मले प्रशिक्षण दिने भएका छन्।

बुधबार पार्टी कार्यालयमा महामन्त्री गगन थापाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले अभिमुखीकरण कार्यक्रमको कार्यतालिका तय गर्दै प्रशिक्षकहरूको टुंगो लगाएको हो। 

कार्यतालिकाअनुसार कार्यक्रमको पहिलो दिन वरिष्ठ कानुनविद् काशिराज दाहाल, योजना आयोगको उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थशास्त्री जगदीश भट्टराई, प्राकृतिक स्रोतसम्बन्धी विज्ञ सन्तोषमणि नेपालले प्रशिक्षण दिनेछन्। 

दोस्रो दिन उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महतले प्रशिक्षण दिने छन् । उपसभापतिद्वय खड्का र गुरुङले स्थानीय सरकार र पार्टीको सम्बन्धनबारे प्रशिक्षण दिनेछन्।

महामन्त्री थापाले घोषणापत्रबारे प्रशिक्षण दिनेछन् भने विश्वले समसामयिक राजनीतिबारे धारणा राख्ने छन्। यस्तै प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार अभियानबारे प्रशिक्षण दिने कार्यक्रम छ।

कांग्रेसले साउन ३० र ३१  पालिका प्रमुख र उपप्रमुखलाई ललितपुरमा दुई दिन प्रशिक्षण दिँदैछ। 

प्रकाशित: Aug 10, 2022| 20:55 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...