आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुल्यो

नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुल्यो

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्‍न माग राखी लगाएको ताला आज तीन महिनापछि खुलेको छ। नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै गत वैशाख १९ गते तालाबन्दी गरेको थियो।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

दाङ- नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी दाङमा नेपाल विद्यार्थी सङ्घले विभिन्‍न माग राखी लगाएको ताला आज तीन महिनापछि खुलेको छ। नेपाल विद्यार्थी संघले विभिन्न माग राख्दै गत वैशाख १९ गते तालाबन्दी गरेको थियो। 

National life

ताला खुलाउने सम्बन्धमा यसअघि विश्वविद्यालय प्रशासन र नेविसङ्घबीच पटकपटक छलफल भए पनि आफूहरुको माग पूरा नभएको भनी विद्यार्थीले ताल्चा खोल्न मानेका थिएनन् तर उच्च अदालत तुलसीपुरले तालाबन्दी गर्नु अनुचित भएको ठहर गर्दै तालाबन्दी खोल्नका लागि गत साउन २२ गते अन्तरिम आदेश दिएपछि नेविसंघले ताला खोलेको हो।

विश्वविद्यालयमा लामो समयदेखि तालाबन्दी गरेर कामकाज ठप्प गरेको भन्दै तालाबन्दीका विरुद्धमा अधिवक्ता कुलबहादुर डाँगीले उच्च अदालत तुलसीपुरमा मुद्दा दर्ता गरेका थिए। उनको मुद्दाको यही साउन २२ गते सुनुवाइ गर्दै उच्च अदालतकी मुख्य न्यायधीश नीता गौतम दीक्षित र न्यायाधीश बबिता उप्रेतीको संयुक्त इजलासले ताला खोल्न अन्तरिम आदेश दिएको थियो।

सोही आदेशको पालना गर्दै नेविसङ्घले शिक्षा अध्यक्षको कार्यकक्ष, उपकुलपतिको कार्यकक्ष, कुलसचिवको कार्यालय र आर्थिक प्रशासनमा लगाएको ताला खोलेको जनाएको छ। ताला खोल्दै नेविसङ्घका केन्द्रीय प्रतिनिधि अभयप्रताप चौवेले अदालतको आदेशको पालना गर्दै ताला खोलिएको बताए। 

उनले आफूहरुको आन्दोलन नरोकिने तर स्वरूप भने परिर्वतन हुने बताए। नेविसंघ संस्कृत विश्वविद्यालय सङ्घर्ष समितिले विश्वविद्यालयमा भएको अनियमितता छानविन गर्नुपर्ने, छात्राबासको सटरबाट प्राप्त भाडाको ३० प्रतिशत रकम छात्राबासको विकासका लागि खर्च गर्नुपर्ने, १० वर्षदेखि रोकिएको दीक्षान्त तीन महिनाभित्र हुनुपर्ने, विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्नेलगायतका १४ बुँदे माग राखेर तालाबन्दी गरेको थियो।

प्रकाशित: Aug 10, 2022| 20:49 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।