शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • पहिराले दुई पटक थुनियो भुजीखोला, तटीय क्षेत्रका बस्ती जोखिममा

पहिराले दुई पटक थुनियो भुजीखोला, तटीय क्षेत्रका बस्ती जोखिममा

गएराति गएको पहिरोका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

बाग्लुङ- गएराति गएको पहिरोका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्। ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति ८ः३० बजे भीषण पहिरोले भुजीखोला थुनिएको थियो। थुनिएको खोला एक घण्टापछि आफैँ खुलेको थियो। 

National life

बुधबार बिहान १२ बजे पनि पहिरोले खोला पुनः करिब आधा घण्टा थुनिएको ढोरपाटन नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र पुनमगरले जानकारी दिए। अहिले पनि निरन्तर पहिरो खसिरहेको हुँदा तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको अध्यक्ष पुनले बताए।

अहिले पनि पहिरो निरन्तर झरिरहेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् भने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। पहिरोले भुजीखोला थुनिएपछि तटीय क्षेत्रका स्थानीयको भागदौड चलेको थियो। खोला थुनिए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख राजेश शर्मा अधिकारीले जानकारी दिए। 

पहिरोसहित आएको बाढीले पचासौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको स्थानीयवासीको भनाइ छ। पहिरोका कारण राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक खुलाउन तत्काल सम्भव नभएको वडाध्यक्ष पुनको भनाइ छ। सडक पूर्णरूपमा ठप्प भएपछि ढोरपाटनदेखि बागलुङ, पोखरा, काठमाडौँलगायतका स्थानमा जाने यात्रु घर फर्किन बाध्य भएका छन्।

प्रकाशित: Aug 10, 2022| 20:32 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।