बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षीबीच भेटवार्ता

तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ सकमक्षी वाङ यीबीच भेटवार्ता भएको छ। येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन्।
 |  बुधबार, साउन २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ सकमक्षी वाङ यीबीच भेटवार्ता भएको छ। येल्लो सी रहेको तटीय सहर छिङ्दाओमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका हुन्। 

himalayan bank box

परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्ता सौहार्दपूर्ण र फलदायी भएको बताएका छन्। दुई मन्त्रीले नेपाल-चीन सम्बन्धका विविधि पक्षका विषयमा छलफल भएको र पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

देउवा सरकार बनेको एक वर्षमा भएको पहिलो उच्चस्तरीय भ्रमण हो। परराष्ट्रमन्त्री खड्का बुधबार राति हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङबाट करिब दुई घन्टाको उडानबाट पुगिने छिङ्दाओ सहरमा ओर्लिएका हुन्। 

चिनियाँ विदेशमन्त्री वाङ यीबाट निमन्त्रणा पाएको नौ महिनापछि परराष्ट्रमन्त्री खड्का उत्तरी छिमेकीको औपचारिक भ्रमणमा निस्केका हुन्। परराष्ट्रमन्त्री नेतृत्वको १० सदस्यीय प्रतिनिधिमण्डलका लागि चीनले चार्टर्ड विमानको व्यवस्था गरेको हो। मन्त्री खड्काको भ्रमण टोलीमा परराष्ट्रसचिव भरतराज पौड्याल, परराष्ट्रको उत्तर–पूर्वी महाशाखा हेर्ने अधिकारी पनि सहभागी छन्। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भ्रमणमा द्विपक्षीय हितका विषयमा छलफल हुने बताइन्।

ताइवान मामिलामा अमेरिका र चीनबीच तनाव चर्किरहेका बेला भएको परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणलाई अन्तर्राष्ट्रिय समुदायले पनि चासोका साथ हेरिरहेको छ। परराष्ट्रमन्त्री खड्कालाई समकक्षी वाङले २०७८ कात्तिक २ मा पहिलोपटक टेलिफोन कुराकानीका क्रममा चीन भ्रमणको निम्ता गरेका थिए। त्यसपछि देउवा सरकारको पहिलो चिनियाँ पाहुनाका रुपमा नेपाल आएको समयमा पनि विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री खड्कालाई चीन भ्रमणको निम्तो दिएका थिए। तर पछिल्लोपटक चीनले बढी चासो देखाएर भ्रमण भएको हो।' 

Metro Mart
vianet

अमेरिकी सभामुख न्यान्सी पेलोसीले चीनको अभिन्‍न अंग भनिएको ताइवानको औपचारिक भ्रमण गरेपछि चीनले अन्तर्राष्ट्रिय साथ खोजिरहेको छ। नेपालका लागि चिनयाँ राजदूत होउ यान्छीले पेलोसीको ताइवान भ्रमणको दोस्रो बिहान नै नेपाल एक चीन नीतप्रति प्रतिबद्ध रहेको विश्‍वास व्यक्त गर्दै नेपालको साथ खोजेकी थिइन्। यसमा नेपालसहित विश्वका १०० भन्दा बढी मुलुकले समर्थन गरेका छन्। यसअघि परराष्ट्र मन्त्रालयले नेपालले अंगाल्दै आएको एक चीन नीतिमा प्रतिबद्ध रहेको अभिव्यक्ति दोहोर्‍याएको थियो। 


प्रकाशित: Aug 10, 2022| 19:14 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।