बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मुख्यमन्त्रीको शपथ ग्रहणपछि नीतीश कुमारको निशाना मोदीतर्फ

मुख्यमन्त्रीको शपथ ग्रहणपछि नीतीश कुमारको निशाना मोदीतर्फ

प्रधानमन्त्री पदमा आफ्नो दाबेदारीका विषयमा नीतीश कुमारले भने, 'मेरो कुनै दाबेदारी छैन। हाम्रो कुनै पनि चिजमा दाबी छैन। तर, केही मानिसहरुलाई लाग्दैछ कि विपक्षी समाप्त हुन्छ। अब त बीजेपी पनि विपक्षमा पुगिसकेको छ।'
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

नयाँ दिल्ली - बिहारको मुख्यमन्त्रीको रुपमा औठौं पटक शपथ ग्रहण गरेका नीतीश कुमारले प्रधानमन्त्री नरेन्द्र मोदीप्रति निशाना लगाएका छन्। प्रधानमन्त्री मोदीको नाम नलिएरै उनले प्रश्‍न गरेका छन्, '२०१४ मा जो आएका थिए, के उनीहरु २०२४ पछि पनि रहन्छन् कि रहँदैनन्?' 

प्रधानमन्त्री पदमा आफ्नो दाबेदारीका विषयमा नीतीश कुमारले भने, 'मेरो कुनै दाबेदारी छैन। हाम्रो कुनै पनि चिजमा दाबी छैन। तर, केही मानिसहरुलाई लाग्दैछ कि विपक्षी समाप्त हुन्छ। अब त बीजेपी पनि विपक्षमा पुगिसकेको छ।' 

उनले सन् २०२४ को निर्वाचनका लागि सबै एकजुट हुन आवश्यक रहेको पनि बताएका छन्। उनले अटल बिहारी वाजपेयीको विषयमा भने, 'श्रेद्धय अटल बिहारी वाजपेयी कति प्रेम गर्थे। हामीले मान्थे। हामी बिर्सन सक्दैनौं। त्यो समयको कुरा नै फरक थियो।' 

नीतीश कुमारको उक्त अभिव्यक्तिप्रति टिप्पणी गर्दै केन्द्रीय मन्त्रीसमेत रहेका बीजेपीका बिहारका सांसद गिरिराज सिंहले नीतीश कुमारलाई प्रधानमन्त्रीको किडां काट्न लागेको टिप्पणी गरेका छन्। उनले नीतीश कुमारलाई चुनौती दिँदै भने, 'यदि प्रधानमन्त्री मेटिरियल हो भने आउँ एक्लै चुनाव लड्। तर, उनी एक्लै चुनाव लड्नै सक्दैनन्।' 

नीतीश कुमारले मंगलबार मुख्यमन्त्री पदबाट राजीनामा दिँदै बेजीपीसँगको गठबन्धन टुटाएका थिए। उनले मंगलबार नयाँ गठबन्धन बनाउँदै सरकार गठनका लागि दाबी पेश गरेका थिए। बुधबार उनले सरकार गठनका लागि राज्यपालबाट अनुमति पाएका हुन्। 

kumari

प्रकाशित: Aug 10, 2022| 18:42 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।