सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला भयो : अध्यक्ष दाहाल

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिला भयो : अध्यक्ष दाहाल

दुवै संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९
National life
Shivam cement

काठमाडौं– पाँच दिने भ्रमणमा गत शुक्रबार जापान गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधबार स्वदेश फर्किएका छन्।अध्यक्ष दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमण नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन सहयोगी हुने बताए।

उनले प्रमाणीकरण हुन बाँकी रहेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट नरोकिने आफूलाई लागेको सुनाए। ‘मैले हिजो जापानमा पनि पत्रकारसँगको अन्तरक्रियामा भनेको थिएँ–राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनुपथ्र्यो,’ उनले भने।

दुवै संसद्ले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ। पार्टी पदाधिकारीको नाम आफ्नो कोटको खल्तीमा भएको भनेर पत्रकारले अपजस दिने गरेको दाहालले गुनासो गरे। निकट भविष्यमै चीन भ्रमणको कुरा भए पनि निश्चित समय भने तय भइनसकेको दाहालको भनाइ छ। 


प्रकाशित: Aug 10, 2022| 17:07 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...