शनिबार, मंसिर ६, २०८२

जसको एकै सिजनमा करोड जर्सी बिक्छ

खेलाडी फेरबदल तथा तिनको सर्वाधिक जर्सी बिक्ने विषयलाई पनि निकै चासोका साथ हेरिन्छ। यो सिजनको सुरुआत हुँदै गर्दा खेलाडीको जर्सी बिक्ने क्रम बाक्लिँदै छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं– विश्व फुटबलको नयाँ सिजन सन् २०२२–२३ सुरु भइसकेको छ। प्रिमियर लिग, बुन्डेसलिगा र फ्रेन्च लिग वान सुरु भइसकेका छन्। स्पेनिस ला लिगा र इटालियन सिरी ‘ए’ अर्को साताबाट सुरु हुँदै छन्। खेलाडी फेरबदल तथा तिनको सर्वाधिक जर्सी बिक्ने विषयलाई पनि निकै चासोका साथ हेरिन्छ। यो सिजनको सुरुआत हुँदै गर्दा खेलाडीको जर्सी बिक्ने क्रम जारी छ। 

National life

यी हुन् अघिल्लो सिजन सबैभन्दा धेरै जर्सी बिक्री भएका शीर्ष पाँच खेलाडी

५. किलियन एम्बापे

पीएसजीसँग उत्कृष्ट सिजन बिताएपछि केलियन एमबाप्पेले पछिल्ला वर्षमा ठूलो फ्यान फलोइङ बनाइसकेका छन्। उनी अहिले पीएसजीको सबैभन्दा ठूलो सम्पत्ति हुन्। त्यसैले उनी अहिले सबैभन्दा धेरै जर्सी बिक्री गर्ने खेलाडीको पाँचौं नम्बरको सूचीमा परेका छन्। गत सिजन उनका ७९  लाख थान जर्सी बिक्री भएका छन्। उनी पीएसजीमा लियोनल मेस्सीपछि सबैभन्दा धेरै जर्सी बिक्री हुने खेलाडी बनेका छन्।

४. मोहम्मद सलाह

Laxmi sunrise bank
kumari

सलाहले आफ्नै जर्सी बिक्रीबाट पनि ठूलो रकम जम्मा गरेका छन्। उनी धेरै फ्यान फलोइङ भएका अफ्रिकी खेलाडीसमेत हुन्। गत सिजन सलाहको ८१ लाखभन्दा बढी जर्सी बिक्री भएका छन्। कैयौं फ्यानले उनको जर्सी किनेका छन्। तर आफ्नो देशलाई विश्वकपमा छनोट गराउन नसकेपछि उनको जर्सी बिक्रीमा केही गिरावट आएको छ। उनको जर्सी बिक्री गत वर्ष लिभरपुलको बिक्री भएको जर्सीको एक तिहाइ हो।

३. रोबर्ट लेवान्डोस्की

गत सिजन बायर्न म्युनिखले ३.२५ मिलियन जर्सी बेच्दै सर्वाधिक जर्सी बिक्री गर्ने क्लब बन्यो। त्यही क्लबबाट उत्कृष्ट सिजन बिताएका लेवान्डोस्कीले आफ्नो ९७ लाख थान जर्सी बिक्री गरेका छन्। म्युनिखमा उनले बारम्बार सानदार गोल गरेका थिए। बायर्नको जितमा महत्त्वपूर्ण भूमिका खेलेका उनले गत सिजन बायर्नबाट मात्र २९ खेलमा ४१ गोल गर्दै बुन्डेसलिगा जितेका थिए। उनको फिनिसिङ शैलीका कारण पछिल्लो समय उनले आफ्नो फ्यान फलोअर पनि बढाइसकेका छन्। तर यो सिजन उनी म्युनिख छाड्दै बार्सिलोनामा अनुबन्ध भएका छन्। बायर्नको बिक्री भएको जर्सीमध्ये २९.८ प्रतिशत लेवान्डोस्कीको रहेको छ।

२. क्रिस्टियानो रोनाल्डो

संसारमा सबैभन्दा धेरै फ्यान फलोअर भएका खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो। उनी इन्स्टाग्राममा ५०० मिलियन फलोअर्सको नजिक छन्। त्यसैले पनि उनको जर्सी ठूलो मात्रामा बिक्री हुनु आश्चर्य भने होइन। गत सिजन उनका १ करोड ५ लाखभन्दा बढी  बिक्री भएका थिए। रोनाल्डो विगतमा रियल मड्रिडबाट खेलेका सबै समयका उत्कृष्ट फुटबलर हुन्। अहिले उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका छन्। यो सिजनमा उनको जर्सी एक मिलियन बढी बिक्री भए र प्रिमियर लिगमा सबैभन्दा छिटो जर्सी बिक्रीको कीर्तिमान बनायो।

१. लियोनल मेस्सी

लियोनल मेस्सी सधैं चर्चाको शिखरमा रहने गर्छन्। क्रिस्टियानो रोनाल्डोपछि सबैभन्दा धेरै फलोअर भएका खेलाडी पनि हुन्, मेस्सी। असाधारण शैलीको फुटबल खेलाइ तथा बहुकलात्मक खेलाडीका रूपमा आफ्नो पहिचान बनाएका मेस्सी फुटबल इतिहासकै सर्वोत्कृष्ट खेलाडीमध्येका एक हुन्। गत वर्ष सबैलाई चकित पार्दै लियोनल मेस्सीले बार्सिलोना छाडे। क्याटलान क्लबमा आर्थिक समस्याको कारण उनले क्लब छाड्नुपरेको होे। त्यसपछि उनी पेरिस सेन्ट जर्मेन्ट (पीएसजी) मा अनुबन्ध भए। क्लब परिवर्तन गर्दै पीएसजी गएका मेस्सी गत सिजन सबैभन्दा धेरै जर्सी बिक्री भएका खेलाडी हुन्। मेस्सीको जर्सी १  करोड २० लाख थान बिक्री भयो। यसले गर्दा उनको नयाँ क्लब पीएसजीलाई आर्थिक रूपमा पनि ठूलो सहयोग भयो।

प्रकाशित: Aug 10, 2022| 16:40 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।