मंगलबार, वैशाख १८, २०८१

नेपाली क्रिकेटर : आईसीसी वरीयतामा को अगाडि?

ऐरी टी–ट्वान्टीको ब्याटिङमा ४२औं स्थानमा छन्। उनी यसअघि पनि सोही स्थानमा थिए। अलराउन्डरतर्फ पनि उनको आठौँ स्थानको वरीयता परिवर्तन भएको छैन।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाली क्रिकेटर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरी पहिलेकै स्थानमा यथावत् रहेका छन्। बुधबार आईसीसीले सार्वजनिक गरेको तालिका अनुसार उनीहरुको वरLयता यथावत् रहेको पाइएको हो।

triton college

ऐरी टी–ट्वान्टीको ब्याटिङमा ४२औं स्थानमा छन्। उनी यसअघि पनि सोही स्थानमा थिए। अलराउन्डरतर्फ पनि उनको आठौँ स्थानको वरीयता परिवर्तन भएको छैन।

ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८औं स्थानमा छन् भने आसिफ शेख एक स्थान तल झर्दै ९८औं स्थानमा पुगेका छन्। बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१औं स्थानमा छन्। यसअघि पनि कप्तान लामिछाने सोही स्थानमा थिए। बलिङमै नेपाली टिमका अविनाश बोहरा दुई स्थान खस्किएर ९४औं स्थानमा पुगेका छन्। 

आईसीसीले मंगलबार जारी गरेको महिलातर्फको वरीयतामा नेपाली अलराउन्डर सीता राना मगरले एक स्थानले सुधार गरेकी थिइन्। विश्व टी-२० वरीयताको ६३ औं स्थानमा रहेकी सीताले एक स्थान सुधार गरी ६२औँ स्थानमा पुगेकी हुन्। 

यता ब्याटिङको वरीयतामै नेपाली ब्याटर ज्योति पाण्डे भने शीर्ष सयभित्र पर्न असफल भएकी छन्। बलर कविता कुँवरले एक स्थान गुमाए पनि ९८औं स्थानमा आफूलाई राख्न सफल भएकी छन्।

corrent noodles
Metro Mart

प्रकाशित: Aug 10, 2022| 16:36 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।