आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राम्रो काम गरे पनि प्रतिपक्षी विरोध मात्र गर्छ, एमाले नकारवादको शिकार भयो : जितेन्द्रनारायण देव

राम्रो काम गरे पनि प्रतिपक्षी विरोध मात्र गर्छ, एमाले नकारवादको शिकार भयो : जितेन्द्रनारायण देव

बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद देवले यस्तो दुखेसो गरेका हुन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गरेका छन्। बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद देवले यस्तो दुखेसो गरेका हुन्। 

निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकता सम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भएपनि एमालेले विरोध गरेकोमा उनले असन्तुष्टि व्यक्त गरेका हुन्। 

एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढ्न पनि आग्रह गरेका उनले लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि आग्रह गरे। 

‘सरकारले ३/४ वटा युगान्तकारी काम गरेको छ। शान्तिपूर्ण तरिकाले स्वतन्त्र ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। अब मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गईराखेको छ। यही सदनले महिला हिंसाविरुद्धको ऐन संशोधन भएको छ। यही सदनले नागरिकता सम्बन्धी ऐनलाई सशोधन गरेको छ,' उनले भने, 'यो युगान्तकारी, ऐतिहासिक कामहरु सरकारले गरेको छ। यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरुले के भन्नु हुन्छ? यो पनि ठिक गरेन? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौं?'

एमाले नकारवादको शिकार भएको उनको भनाइ थियो। 'तिथ्रोको मुखै बैरी सुन्नै पनि कान थुन्नुपर्ने शब्दहरुको प्रयोग गरेर, विषयहरु उठाएर यस्तो हामी अमिलो राजनीतिक वातावरण, तितो राजनीतिक वातावरण हामी नबनाऔं। किनभने अहिले पनि नेपाल अगाडि यस्ता एजेन्डाहरु छन्,' उनले थपे, 'जसमा नेपालका मेजर पोलिटिकल फोर्सहरु एक भएर जानुपर्ने स्थिति छ। यस्तो बेलामा एउटा नयाँ ढंगको पोलिटिकल कल्चर हामीले विकास गरौं भन्ने पहिलो म चाँही अनुरोध गर्न चाहन्छु ।’

सांसद देवले मुख्य राजनीतिक दलहरु अझै पनि एकतावद्ध भएर अघि बढ्नुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप समेत लगाएका थिए। 

प्रकाशित: Aug 10, 2022| 16:23 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...