सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्व बक्सिङ सम्मेलनमा ट्रान्सजेन्डर मुद्दाबारे छलफल चलाइँदै

विश्व बक्सिङ सम्मेलनमा ट्रान्सजेन्डर मुद्दाबारे छलफल चलाइँदै

संघले यस विषयबारे निक्र्र्योल गर्न निष्ठा, निष्पक्षता र समानताबारे सोचिने बताएको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं– वल्र्ड बक्सिङ काउन्सिल(डब्लुबीसी)ले ट्रान्सजेन्डर मुद्दाको विषयलाई आउँदो सम्मेलनमा विशेष रूपमा सुनुवाइ गर्ने भएको छ। प्रतियोगितामा ट्रान्सजेन्डरको उपस्थितिलाई लिएर मानिस र मिडियामा चर्चाको विषय बन्ने गरेको छ। यसबारे बहस पनि सुरु भइसकेका छन्।

जहाँ ट्रान्सजेन्डर महिलाले अपारदर्शी फाइदा लिइरहेको पाइएको पत्रिका मार्काले जनाएको छ। उनीहरूले सिस्जेन्डरमाथि फाइदा लिइरहेका छन्। यी कुराले प्रतियोगितामा मानिसको मनस्थितिमा भएको यौनिक फरकपनालाई जोखिममा पारिरहेको छ। 

त्यस्तै, यस विषयमा अर्को पार्टीले राखिरहेको कुरा मेडिकलले दिएको ‘पुबर्टी ब्लकर (जसले अनावश्यक वृद्धि एवं परिवर्तन रोक्ने गर्दछ)’ र ‘एस्ट्रोजन सप्रेस(टेस्टेस्टेरोनलाई घटाउने पदार्थ)’ र ट्रान्जेन्डर महिलामा मसल घटाएर प्रतियोगिताको क्षमता घटाइरहेको अवस्था आएको छ।

त्यसैले यस विषयबारे निक्र्र्योल गर्न विश्व बक्सिङले निष्ठा, निष्पक्षता र समानताबारे सोचिने बताएको छ। ‘हामी आवश्यक मानिसका लागि मानव अधिकार रक्षा, विभेद अन्त्य गर्न प्रतिबद्ध छौं,’ विश्व बक्सिङको सर्वोच्च निकायले जारी गरेको बुलेटिनमा भनिएको छ। संघले ट्रान्सजेन्डरसम्बन्धी विषय समेट्दै सम्मेलन आयोजना गर्दै छ।

प्रकाशित: Aug 10, 2022| 14:32 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।