आइतबार, जेठ ३, २०८३

तीन किलो गाँजासहित विराटनगरबाट दुई जना पक्राउ

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डल रहेका छन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

विराटनगर- विराटनगरबाट सशस्त्र प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। 

National life

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डल रहेका छन्। 

सशस्त्र प्रहरी बल बीओपी रानीको टोलीले विराटनगर–१६ हुलास मेटल चोकबाट उनीहरूलाई मंगलबार दिउँसो ३ बजेतिर पक्राउ गरेको हो। उनीहरूको साथबाट तीन किलोग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ।

प्लाष्टिकमा प्याक गरिएको गाँजा स९प ९६०६ नम्बरको मोटरसाइकलमा राखेर भारतको जोगवनी कटाउन खोज्दै गर्दा सशस्त्रले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेकामध्ये आशिष मोटरसाइकल चालक हुन्। दिपेश पछाडि सवार थिए। सशस्त्रलाई देख्नासाथ उनीहरू फरार हुन खोजेका थिए।

पक्राउ परेकाहरूलाई सशस्त्रले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

प्रकाशित: Aug 10, 2022| 13:40 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।