रसुवा- रसुवाको उत्तरगया गाउँपालिका-५ बनुवा घुम्तीमा गएराती पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन पूर्णरुपमा प्रभावित भएको छ।
गएराति साढे २ बजे खसेको पहिरोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ। जसले गर्दा रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन्।
सवारी साधन जिरो किलोबाट धारापानी हुँदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको छ।