आइतबार, जेठ ३, २०८३

रायमाझीलाई अमेरिकाको कन्ट्याक्ट लेन्स अवार्ड

माइक्रोबायोलोजीमा विद्यावारिधि शोधरत विनोद रायमाझीले संयुक्त राज्य अमेरिकाबाट दिइने 'कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड-२०२२' प्राप्त गरेका छन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- माइक्रोबायोलोजीमा विद्यावारिधि शोधरत विनोद रायमाझीले संयुक्त राज्य अमेरिकाबाट दिइने 'कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड-२०२२' प्राप्त गरेका छन्।

National life

अमेरिकाको 'एकेडेमी अफ अप्टोमेट्री फाउन्डेसन'ले आँखामा कन्ट्याक्क लेन्स लगाउँदा हुने सूक्ष्म विनाशकारी संक्रमणबारे गरेको अनुसन्धानका लागि उनलाई यो अवार्ड प्रदान गरेको हो।

अवार्डमा रायमाझीको थप अनुसन्धानलाई सहयोग गर्न २ हजार अमेरिकी डलर अनुदान तथा यसै वर्ष क्यालिफोर्नियाको सान डिएगोमा हुने 'अमेरिकन एकेडेमी अफ अप्टोमेट्री'को वार्षिक बैठकमा भाग लिन पाउने व्यवस्था रहेको छ।

काभ्रेपलाञ्चोकका रायमाझीले अष्ट्रेलियाको 'युनिभर्सिटी अफ न्यू साउथ वेल्स'बाट माइक्रोबायोलोजीमा विद्यावारिधि शोध गरिरहेका छन्। संक्रामक रोग तथा सूक्ष्म जिवाणुबारे‌ रायमाझीका लेखहरू प्रकाशित छन्।

प्रकाशित: Aug 10, 2022| 11:44 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।