आइतबार, जेठ ३, २०८३

वीरगन्जमा भारतीय ट्रकबाट १४३ केजी गाँजा बरामद

वीरगन्ज महानगरपालिका-२४ बहुअरी चोकमा रोकी राखिएको भारतीय नम्बरको ट्रकबाट १४३ किलो गाँजा बरामद भएको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

National life

वीरगन्ज- वीरगन्ज महानगरपालिका-२४ बहुअरी चोकमा रोकी राखिएको भारतीय नम्बरको ट्रकबाट १४३ किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले ठूलो उक्त परिमाणमा गाँजा बरामद गरेको हो।

मंगलबार राति ११ बजे ड्राईपोर्ट–परवानीपुर सडक खण्डस्थित पवनपुत्र पेट्रोल पम्पदेखि करिब एक सय मिटर उत्तरतर्फ बहुअरी चोकमा रोकि राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रक खनतलासी गर्दा एक सय ४३ केजी ५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी डीएसपी सन्तोष कुमार बस्नेतले बताए।

विशेष सूचनाको आधारमा गणबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त ट्रकको सवारी चालक क्याबिनमाथिको हुडमा बाकसमाथि सामान राख्ने खण्ड बनाई १० वटा प्याकेटमा गाँजा लुकाई छिपाई राखिएको अवस्थामा फेला पारेको बस्नेतले बताए। आवश्यक कारबाहीका लागि ट्रक र गाँजा जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको छ।

प्रकाशित: Aug 10, 2022| 11:32 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।