सोमबार, फागुन १८, २०८२

संन्यासको संघारमा सेरेना विलियम्स

उनीले आफू अब खेलकुदबाट टाढा हुने भन्दै संन्यासको घोषणा नगरे पनि आफ्नो धारणा सार्वजनिक गरेकी थिइन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले टेनिसबाट संन्यास लिने धारण सार्वजनिक गरेकी छन्। उनीले आफू अब खेलकुदबाट टाढा हुने भन्दै संन्यासको घोषणा नगरे पनि आफ्नो धारणा सार्वजनिक गरेकी थिइन्।

२३ पटक ग्राण्डस्लम विजेता सेरेनाले भनिन्, ‘म खेलकुदबाहेक मेरो महत्त्वपूर्ण अन्य कुनै कुरातर्फ अग्रसर हुन चाहन्छु।’ तर उनले आफ्ना कुराहरू राख्ने क्रममा संन्यास भन्ने शब्द भने प्रयोग गरिनन्।

त्यस्तै उनले आफ्नो इन्स्टाग्राममा ‘गन्तीको सुरुआत भइसकेको’ भनेर पोस्ट गरेकी छन्। ४० वर्षे विलियम्सले भनेकी छन्, ‘यो कुरा अबको केही हप्तामा खुलस्त पार्नेछु।’

विलियम्सले गएको जुनमा लामो समयको इन्ज्युरी ब्रेकपछि खेलमा पुनरागमन गरेकी थिइन्। तर उनले युएस ओपन भने खेल्ने बताएकी छन्। त्यहाँ उनले अहिलेसम्म ६ पटक उपाधि जितिसकेकी छन्।

सेरेनाले कुनै पनि महिलाले भन्दा धेरै एकल महिलातर्फको उपाधि जितेकी छन्। त्यस्तै, मार्गरेटा कोर्टपछि सबैभन्दा धेरै उपाधि जित्ने महिला पनि हुन् उनी। मार्गरेटाले २४ उपाधि जितेकी छन्।

kumari

‘दुर्भाग्यबस मैले यो वर्षका कुनै पनि विम्बल्डन जित्न सकिन। र मलाई थाहा छैन कि म यो उपाधि फेरि जित्न सक्छु वा सक्दिन। यद्यपि म न्युयोर्कमा फेरि एक पटक प्रयास गर्नेछु,’ उनले खेलेकी छन्।

प्रकाशित: Aug 10, 2022| 10:09 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।