आइतबार, जेठ ३, २०८३

कुन-कुन जिल्लामा छ बाढीको जोखिम, यस्तो छ पूर्वानुमान

आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

National life

बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो। महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वतका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ।

यस्तै, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भइ बहने केही साना नदी र खोलामा बाढीको खतरा रहेकाले सतर्कता अपनाउन भनिएको हो।

यस्तै, अबको तीन दिन ठूला नदी कोसी, नारायणी, कर्णाली, महाकाली, कमलालगायतमा भने पानीको सतह सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको छ।





प्रकाशित: Aug 10, 2022| 10:01 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।