आइतबार, साउन १७, २०८३

वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन

नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ। बुधबार बिहान हृदयघातका कारण उनको निधन भएको हो।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- नेपाली कला क्षेत्रका वरिष्ठ छायाँकार बिदुर पाण्डेको निधन भएको छ। बुधबार बिहान  हृदयघातका कारण उनको निधन भएको हो।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाका अनुसार पाण्डेलाई सीतापाइला स्थिती आफ्नै घरमा हृदयाघात भएपछि उपचारका लागि गंगालाल अस्पताल पुर्‍याइएको थियो। 

अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए। उनको ५४ वर्षको उमेरमा निधन भएको हो।

‘कागबेनी’ लगायत केही फिल्म छायांकन गरेका पाण्डे म्युजिक भिडियोका लोकप्रिय छायाँकार हुन्। पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित: Aug 10, 2022| 09:38 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।