शनिबार, वैशाख १२, २०८३

इथियोपियाका खडेरी पीडितलाई सहायता उपलब्ध गराइने

संयुक्त राष्ट्रसंघले इथियोपियाका खडेरी प्रभावितलाई मानवीय सहयताको खाँचो रहेकाले खाद्य उपलब्ध गराइने जनाएको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

न्युयोर्क- संयुक्त राष्ट्रसंघले इथियोपियाका खडेरी प्रभावितलाई मानवीय सहयताको खाँचो रहेकाले खाद्य उपलब्ध गराइने जनाएको छ।

National life

महासचिव एन्टोनियो गुटरेसका प्रवक्ताका अनुसार संयुक्त राष्ट्रसङ्घले मानवीय सहायता निकायलाई खडेरीबाट पीडित भएका एक करोड ६० लाख र बाढी प्रभावित १७ लाख  इथियोपियालीलाई सहयोग गर्न आह्वान गरिएको छ। 

यहाँ गएको ४० वर्षयताकै सबैभन्दा खराबरुपमा खडेरी परेको पाइएको छ। यसबाट धेरैभन्दा धेरै नागरिक मानवीय सहायताको खाँचोमा परेका छन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले यहाँको खडेरी इतिहासकै सबैभन्दा खराब प्रकृतिको रहेको भन्दै यसबाट यहाँका लाखौँ मानिस विस्थापित भएका बताएका छन्।

उनले यो खडेरीका कारण यहाँका करिब ३५ लाख पशु चौपायासमेत मरेका जानकारी दिएका छन्। संयुक्त राष्ट्रसङ्घको मानवीय सहयातासम्बन्धी एजेन्सीलाई उद्धृत गर्दै उनले जनाएअनुसार यहाँका खडेरी पीडितमध्ये अधिकांशले खाद्यान्नको अभाव झेल्नुपरेको छ।

kumari

साथै यहाँका बालबालिका तथा महिलाले आवश्यक पोषणको अभावमा विभिन्न प्रकृतिका रोगबाट झेल्नुपरेको पाइएको संयुक्त राष्ट्रसङ्घीय सो निकायले जनाएको छ।

संयुक्त राष्ट्रसङ्घले यहाँ एकातर्फ खडेरीले मानिसमा यस्तो असर गरेको र अर्कातर्फ बाढीका कारण पनि धेरै नागरिकको ज्यान गएको र विस्थापित हुनुपरेको जनाएको छ।

प्रकाशित: Aug 09, 2022| 04:45 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।