बुधबार, फागुन २०, २०८२

इजरायली सेनाले हतियार तस्करीको प्रयास विफल पार्‍यो

जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी आज विफल पारिएको इजरायली सेनाले बताएको हो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

kumari

जेरुसलेम-  जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी आज विफल पारिएको इजरायली सेनाले बताएको हो।

आठवटा बन्दुकसहित पाँचजनालाई पक्राउ गरिएको जनाउँदै सेनाले जारी गरेको विज्ञप्तिमा आतङ्ककारीहरूले नागरिक मार्ने प्रयोजनका निम्ति तस्करी गरेको ठानिएका ती हतियारसहित अभियुक्तहरूलाई प्रहरीको जिम्मा लगाइएका उल्लेख छ। 

बितेका छ महिनामा नेगेभबाट भएका हतियार तस्करीका १० वटा घटनामा एकसय ७० भन्दा बढी हतियार इजरायलले कब्जामा लिएको नेगेभ सीमा प्रहरीले जनाएको छ। गाजा क्षेत्रमा गत शनिबार र आइतबार प्यालेस्टिनी अतिवादीहरूले घातक आक्रमण गरेपछि इजरायलले सीमापार हतियार तस्करी रोक्न गुप्तरूपमा धेरै सुरक्षाकर्मी परिचालन गरेको छ।


प्रकाशित: Aug 09, 2022| 23:15 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।