बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बिहारमा गठबन्धन फर्दै अर्को सरकारको प्रयासमा नितिश कुमार

बिहारमा गठबन्धन फर्दै अर्को सरकारको प्रयासमा नितिश कुमार

जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन्।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

नयाँ दिल्ली- जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन्।

आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित एकसय ६४ जना विधायक रहेका पत्रकारहरूलाई जानकारी दिँदै उनले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न आएको बताए। उनका साथ आरजेडीका नेता तेजश्वी यादव पनि थिए। 

जनता दल युनाइटेड र आरजेडीको साझेदारीले दुईसय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ भने गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन्। बिहार राज्य विधानसभामा भारतीय जनता पार्टीका ७७ जना विधायक छन्। 

नेता नितिश कुमारले आजै जनता दल युनाइटेडका नेता तथा विधायकहरूसँगको बैठकपछि भारतीय जनता पार्टीसँगको साझेदारी अन्त्य गरेका थिए। त्यसपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएर राज्यपाल फागु चौहानसँग भेटका निम्ति समय मागेका थिए। 

आजै पूर्वमुख्यमन्त्री राबडी देवीको निवासमा आरजेडी नेतृत्वको विपक्षी गठबन्धनको बैठक भएको थियो। बैठकले तेजश्वी यादवलाई बिहारमा सरकार गठनबारे उपयुक्त निर्णय गर्न अख्तियारी दिएको थियो। 

kumari

प्रकाशित: Aug 10, 2022| 05:15 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।