बुधबार, फागुन २०, २०८२

म्यानमारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि

म्यानमारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ। व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

बर्मा- म्यानमारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ। व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ।

म्यानमारको स्वतन्त्र अनुसन्धान संयन्त्रले करिब दुईसय स्रोतबाट सङ्कलन गरेको ३० लाखभन्दा बढी सूचनालाई समेटेर तयार गरिएको राष्ट्रसंघीय वार्षिक प्रतिवेदनमा बलात्कार तथा अन्य प्रकारका यौन हिंसालगायत यौन र लैङ्गिक अपराध र बालबालिकाविरुद्धका अपराधहरू सुरक्षा बल र सशस्त्र समूहका सदस्यले गरेका देखाइएको छ। 

प्रतिवेदनअनुसार सेनाले शासन हत्याएपछि म्यानमारका बालबालिकालाई उनीहरूका आमाबाबुले पाउनुपर्ने सजाय उनीहरूलाई दिइएको भन्दै चरम यातनाको शिकार बनाइएको र मनमानी रूपमा हिरासतमा राखिएको, आम नागरिकविरुद्ध व्यापक एवम् व्यवस्थितरूपमा आक्रमण गरिएको, हालै चारजनालाई मृत्युदण्ड दिइएकोलगायत गम्भीर मानवअधिकार उल्लङ्घनका घटना भएका छन्। 

संयन्त्रले तीन वर्ष लगाएर सङ्कलन गरेको सूचना र प्रमाणमा अन्तर्वार्ता, सर्वसाधारणका कथन, लिखित दस्तावेज, भिडियो, तस्बिर र सामाजिक सञ्जालबाट सार्वजनिक भएका  सामग्री प्रतिवेदनमा समावेश गरिएका छन्।  

महिला र बालबालिका विरुद्धका अपराधहरू गम्भीर अन्तर्राष्ट्रिय अपराध हुन् भन्दै संयन्त्रका प्रमुख निकोलस कोउमजियानले म्यानमारमा जारी हिंसाले न्याय र जवाफदेहितालाई सहज बनाउन तथा थप अत्याचार हुन नदिन प्रतिवेदनले सघाउने विश्वास व्यक्त गरेका छन्। 

kumari

रोहिंग्याहरूले निरन्तर झेल्नुपरेको दुर्दशा, अपराधका दोषीहरूमाथिको कारबाही, दण्डहीनताको अन्त्यमा जोड दिएका छन्। सङ्कलित प्रमाणको संरक्षण गर्ने बताउँदै उनले त्यसका आधारमा दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

प्रकाशित: Aug 10, 2022| 05:45 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।