आइतबार, कात्तिक २, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सेती प्रादेशिक अस्पताललाई २०० शय्याको बनाइयो, ५०० बनाउने मन्त्री बोहराको योजना

सेती प्रादेशिक अस्पताललाई २०० शय्याको बनाइयो, ५०० बनाउने मन्त्री बोहराको योजना

सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताललाई दुई सय शय्‍यामा स्तरोन्‍नति गर्ने निर्णय गरेको छ। सुदूरपश्‍चिम प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको हो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पताललाई दुई सय शय्‍यामा स्तरोन्‍नति गर्ने निर्णय गरेको छ। सुदूरपश्‍चिम प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको हो। 

Kumaribank

नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेकामा उक्त निर्णय गरेसँगै अब सेती प्रादेशिक अस्पताल आधिकारिक रुपमा दुई सय शय्याको भएको हो। प्रदेश सरकारले २०० शय्यासम्मको मात्र  निर्णय गर्ने अधिकार भएकाले थप तीन सयमा स्तरोन्‍नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने पनि निर्णय भएको सामाजिक विकासमन्त्री गोविन्द बोहराले जानकारी दिए। 

स्वास्थ्य र शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले सेती प्रादेशिक अस्पताललाई पाँच सय शय्यामा स्तरोन्‍नती गर्ने लक्ष रहेको बताए। नेपाल सरकारबाट न्युन शय्याको मात्र अनुमती पाएको सेती प्रादेशिक अस्पतालको लागि ४० वर्षपछि दुई सय शय्यामा स्तरोन्‍नति हुनु  ऐतिहासिक निर्णय भएको पनि मन्त्री बोहोराले बताए।

दुई सय शय्यामा स्तरोन्‍नति भएसँगै अस्पतालमा जनशक्ति थपिने र सेवा सुविधामा वृद्धि हुने विश्वास गरिएको मन्त्री बोहराको भनाई छ। गत चैत २५ गते सामाजिक मन्त्रालयको जिम्मेवारी पाएका सामाजिक विकासमन्त्री बोहराले ४ महिना नपुग्दै सेती अस्पतालका विषयमा गरेको निर्णय ऐतिहासिक भएको बताइएको छ। विगत ४० वर्षदेखि स्तरोन्नति  हुन नसकेको सेती अस्पतालको स्तरोन्नति गर्न आफु मन्त्री भएको ४ महिना भित्रै  निर्णय गर्न सफल भएको मन्त्री बोहराको दाबी छ।


प्रकाशित: Aug 09, 2022| 21:27 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।