सोमबार, फागुन १८, २०८२

राष्ट्रिय टोलीमा फर्किए पूर्वकप्तान ज्ञानेन्द्र मल्ल

अर्जुन साउदले पहिलो पटक टोलीमा परेका हुन्। ओपनर कुशल भुर्तेल र विकेट किपर विनोद भण्डारी भने टोलीमा परेका छैनन्। पछिल्लो समय उनीहरू नियमित रूपमा टोलीमा पर्दै आएका थिए।
 |  बुधबार, साउन २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन २५, २०७९

काठमाडौं- पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, साहव आलम र अर्जुन साउद राष्ट्रिय टोलीमा फर्किएका छन्। केन्यासँगको टी–२० आई र एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तिम टोलीको घोषणा गर्दा उनीहरूलाई समावेश गरेको हो। 

अर्जुन साउदले पहिलो पटक टोलीमा परेका हुन्। ओपनर कुशल भुर्तेल र विकेट किपर विनोद भण्डारी भने टोलीमा परेका छैनन्। पछिल्लो समय उनीहरू नियमित रूपमा टोलीमा पर्दै आएका थिए। 

गत मंसिर २९ गते नेपाल क्रिकेट संघले तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो। नेपालले २५ अगस्टदेखि ५ सेप्टेम्बरसम्म केन्यासँग पाँच टी–२० आई र तीन एक दिवसीय अभ्यास  खेल्नेछ। 

टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आशिफ शेख (विकेटकिपर) आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल आलम, करण केसी, ज्ञानेन्द्र पौडेल। सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद(विकेटकिपर) पवन सर्राफ, साहव आलम, किशोर महतो र विवेक यादवलाई समावेश गरिएको  छ। 

जितेन्द्र मुखिया, भीम सार्की, प्रतीश जिसी र हरिशंकर शाह भने वैकल्पिक खेलाडीमा परेका छन्। 

kumari

प्रकाशित: Aug 10, 2022| 09:16 बुधबार, साउन २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।