आइतबार, जेठ ३, २०८३

कोभिसिल्डको पहिलो डोज लगाएकालाई आजदेखि अस्ट्राजेनेकाको अर्को खोप लगाइँदै

आज सोमबारदेखि ज्येष्ठ नागरिकलाई कोभिडविरुद्धको अस्ट्राजेनेका खोप लगाउने तयारी गरिएको छ।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौ– आज सोमबारदेखि ज्येष्ठ नागरिकलाई कोभिडविरुद्धको अस्ट्राजेनेका खोप लगाउने तयारी गरिएको छ। 

National life

खोप कार्यक्रमका लागि काठमाडौंमा १४४ वटा केन्द्र तोकिएको छ। यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा अस्ट्राजेनेका खोप दिन लागिएको हो।

यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रमा नै अस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

भुटान र जापानबाट ल्याइएको अस्ट्राजेनेका खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका १३ लाख ६८ हजार १७६ जना ज्येष्ठ नागरिकलाई दिइने कार्यालयले जनाएको छ।

गत चैतमा अक्सफोर्ड अस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइएको थियो। 

दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भए पनि भारतले खोप उपलब्ध नगराएपछि दोस्रो मात्रा डोज लगाउन ढिलाई भएको हो।

सरकारले दोस्रो मात्रा लगाई बाँकी रहेको खोप वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने व्यक्तिलाई लगाउने निर्णय गरेको छ।

त्यसैगरी मिर्गौलाले काम नगरी डायलाइसिस गर्नुपर्ने, डायलाइसिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई अस्ट्राजेनेका खोप दिने प्राथमिकता राख्ने निर्णय सरकारले गरेको छ।

प्रकाशित: Aug 09, 2021| 06:47 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्