बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी पूर्व राष्ट्रपतिको घरमा एफबीआइको छापा, ट्रम्पले भने- यो कालो दिन हो

अमेरिकी पूर्व राष्ट्रपतिको घरमा एफबीआइको छापा, ट्रम्पले भने- यो कालो दिन हो

न्यूयोर्क टाइम्सका अनुसार आलिशान पाम हाउस र रिसोर्ट मार-ए-लिगोमा मंगलबार बिहान एफबीआईले छापा मारेको हो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं- अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घरमा छापा मारेको छ। न्यूयोर्क टाइम्सका अनुसार आलिशान पाम हाउस र रिसोर्ट मार-ए-लिगोमा मंगलबार बिहान एफबीआईले छापा मारेको हो। 

ट्रम्पका दुई नजिकका साथीहरूले न्युयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार कुनै पनि सूचना बिनै छापा मारिएकाले ट्रम्प निवासमा थिएनन्। उनी हाल न्यू जर्सीमा रहेको बताइएको छ। 

यसैबीच ट्रम्पले आफ्नो घरमा पूर्व जानकारी बीना नै छापा मार्नु आवश्यक नरहेको दाबी गरेका छन्।  ट्रम्पले अमेरिकी राष्ट्रपतिसँग यस्तो व्यवहार कहिल्यै नभएको बताए। उनले न्याय व्यवस्थालाई हतियारको रूपमा गलत प्रयोग भएको बताए। ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्। ‘यो हाम्रो देशको लागि कालो दिन हो,।’

उनले आफूलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्नबाट रोक्नको लागि प्रशासनले बल प्रयोग गर्ने काम गरिरहेको उल्लेख गरेका छन्। उनी सन् २०२४ को निर्वाचनको लागि तयारी गरिरहेका थिए।

ट्रम्पले गत वर्ष ह्वाइटहाउस छाड्दा आफूसँग केही महत्वपूर्ण कागजपत्र लिएर गएको आरोप लागेको छ। यी कागजातहरू धेरै ठूला बाकसमा मार-ए-लिगोमा लगिएको भनिदै आएको छ। त्यसयता अमेरिकी गुप्तचर एजेन्सीहरूले ट्रम्प र उनका नजिकका सहयोगीमाथि नजर राखिरहेका थिए।

kumari

प्रकाशित: Aug 09, 2022| 09:52 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।