आइतबार, जेठ १७, २०८३

प्रदेशको नामकरण टर्‍यो : सामाजिक विकास मन्त्री राई

प्रदेश र प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सम्म हुनेगरी निर्वाचन आयोगले कार्यतालिका तयार गरेपछि मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत सो धारणा व्यक्त गरेका हुन्।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९
National life
Shivam cement

विराटनगर- प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको नामकरण टरेको बताएका छन्। प्रदेश र प्रतिनिधिसभाको कार्यकाल असोज १ गते सम्म हुनेगरी निर्वाचन आयोगले कार्यतालिका तयार गरेपछि मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत सो धारणा व्यक्त गरेका हुन्। 

प्रदेशसभा अनिश्चित कालका लागि स्थगित हुनु र नामकरणबारे दलहरुबीच छलफल हुनै छाडेपछि नामकरण लगभग टरेको उल्लेख गरेका हुन्। एकीकृत समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री राईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति लक्षित गर्दै भनेका छन्,‘नामका सन्दर्भमा कोसी तर्न हुन्न भन्ने एउटा राजनैतिक दलको हठले, प्रदेशको नाम लगभग टरेर गएको छ।’

प्रदेश नामकरणको समय घर्किए पनि अझै सिद्धि नसकेको उनले बताएका छन्। उनले भनेका छन्, ‘तपाईँहरूको थोरै लचकताले राजनैतिक पार्टीहरु, नेताहरु, मन्त्री वा सांसदहरुले अनपेक्षित अपजसबाट छुटकारा पाउन सक्छ, सकिन्छ।’  मन्त्री राईले गौरवशाली जमिनमा कोसी मात्र होइन, हजारौं वर्ष अघि देखिको सभ्यता,संस्कृति र विश्व प्रसिद्ध भूगोलहरू पनि त छन् हैन र भनी प्रश्न गरेका छन्।

प्रकाशित: Aug 09, 2022| 08:09 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।