आइतबार, जेठ ३, २०८३

कोहलपुर खानेपानीका अध्यक्षलाई कालोमोसो

युवा जनस्वयंसेवक नेपाल कर्णाली ब्युरोले सोमबार एक प्रेम विज्ञप्ति जारी गरेर कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो दलिएको घटनाको जिम्मेवारी लिएको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

बाँके- कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई युवा जनस्वयंसेवक नेपालले कालोमोसो दलेको छ। युवा जनस्वयंसेवक नेपाल कर्णाली ब्युरोले सोमबार एक प्रेम विज्ञप्ति जारी गरेर कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो दलिएको घटनाको जिम्मेवारी लिएको छ।

National life

सोमबार जारी गरिएको उक्त विज्ञप्तिमा कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थामा विगत केही समय यता उपभोक्ताहरूबाट त्यहाँ भइरहेको अनियमितता बारे खबरदारी गर्दा पनि उक्त हर्कत नसच्याएको र उल्टै सोही संस्थाका अध्यक्ष नरबहादुर मल्लले उपभोक्तालाई धम्की दिने गरेको साथै संस्थामा थुप्रै खाले अनिमियतता भएकाले चेतावनी स्वरूप हाम्रो संगठनले कालो मोसो दली सांकेतिक कारबाही गरेको जनाएको छ।

साथै उक्त संगठनले गत वर्ष नै साधारण सभा गरी नयाँ कार्यसमिति चयन गरी संस्थाको नियमित कार्य सञ्चालन गर्नुपर्नेमा पुरानै समितिलाई निरन्तरता दिई संस्थाको विधान विपरीत अवैधानिक ढंगले कार्य समिति चलाएको, नगरका विभिन्न ठाउँहरूमा खानेपानी पाइपहरू बिछ्याउँदा तथा मर्मत सम्भार गर्दा व्यापक रूपमा आर्थिक अनियमितता रहेको जनगुनासो आएकाले कारबाही गरिएको उल्लेख गरेको छ।

सोमबार दिउँसोको समयमा दिउसो कार्यालय समयमा आएका ४ जनाको समूहले कालो मोसो दलेर फरार भएको अध्यक्ष मल्लले जानकारी दिए। खानेपानीका विषयमा अध्यक्ष संग कुरा गर्नु छ, भन्दै कार्यालयमा आएको समूहले सुरुमा कोहलपुर १० को खानेपानी समस्या बारे कुरा गरेको र त्यसपछि कालोमोसो दलेर फरार भएको उनले बताए।

कालोमोसो दल्ने समूहको खोजी भई रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। दिउसो २ बजे एक समूहले कालो मोसो दलेको सूचना पाए लगतै घटनाको अनुसन्धान सुरु गरिएको र संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 09, 2022| 07:50 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।