आइतबार, जेठ ३, २०८३

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

मंगलबार दिउँसो देशका पहाडी भूभागमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

National life

काठमाडौं- पछिल्लो समय देशभरको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ। मंगलबार बिहान सुदुरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मंगलबार दिउँसो देशका पहाडी भूभागमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेको पहाडी भूभागका पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

प्रकाशित: Aug 09, 2022| 07:01 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।