आइतबार, जेठ ३, २०८३

पहिरोले पाइप बगाउँदा मान्ममा खानेपानी अभाव

खानेपानीको पाइप पहिरोले बगाउँदा सदरमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

कालीकोट- कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ। खानेपानीको पाइप पहिरोले बगाउँदा सदरमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो। सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सदरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताए।

National life

‘मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झन्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ।’ उनले भने, ‘सरकारी कार्यालय सेना तथा नेपाल प्रहरीले अहिले खानेपानी बाहिरबाट गाडीमा बोकेर ल्याउने गरेका छन्।’ सदरमुकाम मान्म बजारमा टाढाबाट खानेपानीको ल्याएको सधैँ खानेपानीको अभाव तथा पाइप बिग्रिने र चुँडिने गरेको अहिले पहिरोका कारणले खानेपानीको अभाव भएको खाँडा चक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए।

‘पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल थालिएको छ।’ उनले भने, ‘पहिरोको रोकथाम तथा खानेपानी आयोजनाको सुरक्षा काम गर्ने र तत्कालका लागि पहिरोबाटै पाइप जडान गरेर खानेपानी नियमित गराउने तयारी भएको छ।’

मान्म बजारमा सधैँ खानेपानीको समस्या रहेका कारणले तत्काल खानेपानी सुविधा पुर्‍याउनका लागि पहल थालिएको खाडाँचक्र नगरपालिका नगर प्रमुख कमलबहादुर शाहीले बताए। ‘खानेपानीका लागि तत्काल पहल थालिएको छ। एक दुई दिनमा सदरमुकाममा खानेपानीको समस्या समाधान हुन्छ।’ उनले भने, ‘दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्नका लागि थप खानेपानी आयोजनाको कामको थालनी हुन्छ।’

सदरमुकाम मान्म बजारमा हिउँदमा खानेपानीको मुहानमा पानीको कमी र वर्षामा पहिरो वा अन्य कारणले खानेपानीको समस्या हुने गरेको यसको सुरक्षा वा वैकल्पिक खानेपानी आयोजनाका सम्भाव्यता अध्ययन गरिने नगर प्रमुख शाहीले जानकारी दिए।

प्रकाशित: Aug 09, 2022| 06:13 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।