शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • काबुलमा सडकमा भिक्षा माग्‍नेलाई व्यवस्थापन गर्न निर्देशन

काबुलमा सडकमा भिक्षा माग्‍नेलाई व्यवस्थापन गर्न निर्देशन

सत्ताधारी तालिबान समूहका सर्वोच्च नेताले भिखारीहरूलाई सडकमा भिक्षा माग्न प्रतिबन्ध लगाउने तर उनीहरूलाई रोजगारी वा शिक्षा प्रदान गर्न आदेश दिएको सरकारी समाचार संस्था बख्तरले सोमबार जनाएको छ ।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काबुल- काबुलमा सडकमा बसी भिक्षा माग्ने बालबालिका तथा वयस्क मानिसहरूलाई हटाउन र उनीहरूलाई रोजगारी र शिक्षा उपलब्ध गराउन तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले निर्देशन दिएका छन्।

सत्ताधारी तालिबान समूहका सर्वोच्च नेताले भिखारीहरूलाई सडकमा भिक्षा माग्न प्रतिबन्ध लगाउने तर उनीहरूलाई रोजगारी वा शिक्षा प्रदान गर्न आदेश दिएको सरकारी समाचार संस्था बख्तरले सोमबार जनाएको छ ।

हिबतुल्लाह अखुन्दजादाले आफ्नो आदेशमा प्रशासनका सम्बन्धित निकायलाई काबुल शहरका सडकमा रहेका सबै भिखारीहरूलाई पक्राउ गर्न र समस्याको सौहार्दपूर्ण समाधान खोज्न निर्देशन दिएका हुन्। 

'सबै भिखारीले बायोमेट्रिक प्रक्रियाद्वारा रेकर्ड राखिने र यदि उनीहरू फेरि सडकमा बसी भिक्षा मागेमा नक्कली भिखारीको हेरचाह गर्नेहरू जिम्मेवार हुनेछन्,' बख्तरले आदेशलाई उद्धृत गर्दै लेखेको छ। 

तालिबान नेताले कुनै पनि क्षेत्रमा दक्ष वयस्क मगन्तेलाई सरकारले रोजगारीको अवसर उपलब्ध गराउने र सडकमा मागी गुजारा गर्दै आएका बालबालिकालाई विद्यालय पठाउने बताए।

आदेशमा भनिएको छ, 'काम गर्न नसक्ने कमजोर वास्तविक भिखारीलाई सरकारले मासिक भत्ता उपलब्ध गराउनेछ।' विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार तीन करोड ५० लाखभन्दा बढी जनसङ्ख्यामध्ये करिब दुई करोड अफगानीले खाद्यान्न अभावको सामना गरिरहेका छन्। 

प्रकाशित: Aug 09, 2022| 00:10 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।