बुधबार, फागुन २०, २०८२

चक्कु प्रहारबाट इरानमा १० जनाको मृत्यु

दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

तेहरान- दक्षिणपूर्वी इरानमा भएको झडपमा एक अफगान नागरिकले चक्कु प्रहार गरी १० जनाको हत्या गरेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।

व्यक्तिगत विवाद हुँदा आइतबार साँझ रफसञ्जनमा चक्कु प्रहार गर्ने हमलाकारीलाई प्रहरीले पक्राउ गरेको एन्तेखाब समाचार वेबसाइटले रफसन्जनका गभर्नर होसेन रेजाईलाई उद्धृत गर्दे उल्लेख गरेको छ।

उक्त घटनाका सबै पीडितहरू पुरुषहरू छन्।  ती मध्ये छ अफगानी र चार इरानी नागरिकहरू छन्।

रेजाईले बताएअनुसार आक्रमणकारीको मानसिक स्वास्थ्य असामन्य थियो। उसले आफैलाई प्रहार गरी चोट लगाएको पाइएको छ। हत्यारामा लागुपदार्थको लत पनि पुष्टि भएको छ। यस बारे थप अनुसन्धान जारी छ।


प्रकाशित: Aug 08, 2022| 23:45 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।