बुधबार, फागुन २०, २०८२

ब्रुनाईका सुल्तानद्वारा आसियानको एकतामा जोड

'कोभिड–१९ महामारीका कारण उत्पन्न अवरोधदेखि भू–राजनीतिक प्रतिस्पर्धासम्म यस क्षेत्रले वर्षौंदेखि सामना गरेको चुनौतीका बाबजुद पनि आसियानले यस क्षेत्रको पुनःस्थापना र शान्ति र समृद्धिको निरन्तर विकासलाई अगाडि बढाउन आफ्ना सदस्य राष्ट्रहरू र बाह्य साझेदारहरूसँग मिलेर काम गरिरहने छ।' सुल्तानले थपेका छन्।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

kumari

ब्रुनाइ- ब्रुनाईका सुल्तान हाजी हसनल बोल्कियाहले सोमबार आसियान (दक्षिण पूर्व एसियाली राष्ट्रहरूको सङ्घ) सदस्य राष्ट्रहरूलाई १० देशको ब्लकको केन्द्रीयता र एकतालाई मजबुद राख्न आह्वान गरेका छन्। सोमबार पर्ने आसियान दिवसका उपलक्ष्यमा आफ्नो सन्देशमा सुल्तानले सो आह्वान गरेका हुन्। यसवर्ष आसियानको ५५औँ स्थापना दिवस हो।

'आसियान दिवसले हामीलाई  हाम्रा उपलब्धिहरू संरक्षण गर्दै जन–उन्मुख, जन–केन्द्रित आसियानको महसुस गर्ने  वातावरण निर्माण गर्नेछ। 'कोभिड–१९ महामारीका कारण उत्पन्न अवरोधदेखि भू–राजनीतिक प्रतिस्पर्धासम्म यस क्षेत्रले वर्षौंदेखि सामना गरेको चुनौतीका बाबजुद पनि आसियानले यस क्षेत्रको पुनःस्थापना र शान्ति र समृद्धिको निरन्तर विकासलाई अगाडि बढाउन आफ्ना सदस्य राष्ट्रहरू र बाह्य साझेदारहरूसँग मिलेर काम गरिरहने छ।' सुल्तानले थपेका छन्।

'आसियान सदस्य राष्ट्रहरू मिलेर एकता कायम गर्दै सामुदायिक लक्ष्य प्राप्तिको दिशामा अगाडि बढ्नुपर्ने छ । यो घनिष्ठ सहयोग र समन्वयबाट मात्रै प्राप्त गर्न सकिन्छ जहाँ हामी चुनौतीहरूलाई सम्बोधन गर्न र हाम्रो पारस्परिक हितका लागि उत्पन्न हुने अवसरहरूको फाइदा लिन सक्षम छौँ,' सुल्तानले थप जोड दिएका छन्। उनले ब्रुनाई सधैँ सदस्य राष्ट्रहरू बीच सहकार्य गर्दै  यस क्षेत्रमा दीर्घकालीन शान्ति, सुरक्षा, विकास, आर्थिक वृद्धिका लागि प्रतिबद्ध रहेको बताएका छन्।

प्रकाशित: Aug 09, 2022| 05:00 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।