आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमबीबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो

एमबीबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो

चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ। आयोगले आज भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएका हुन्।
 |  मंगलबार, साउन २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २४, २०७९

काठमाडौं- चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ। आयोगले आज भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेशी विद्यार्थीको सङ्ख्या बढेको बताएका हुन्। 

National life

यस वर्ष नेपालमा दुई सय ६५ जना विदेशी विद्यार्थी अध्ययनका लागि भर्ना भएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए।  कार्यक्रममा आयोगका सदस्य सचिव डा भोजराज काफ्लेले सामान्य मानिसहरूमा पनि चिकित्सा शिक्षाको पहुँच वृद्धि हुँदै गएको बताए। 

उनले नेपालमा यो वर्ष २१ वटा संस्थामा एक हजार आठ सय ९५ विद्यार्थीले एमबीबीएस पढ्न पाउने व्यवस्था गरेको बताउँदै स्नातक तहमा दुई हजार दुई सय ३२ जना विद्यार्थीले छात्रवृत्ति पाउने बताए। 

एमबीबीएसमा मात्रै चार सय ३० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको उल्लेख गर्दै उनले विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न करिब एक हजार तीन सय सिट दिने गरेकामा एमबीबीएसमा मात्रै पाँच सय ५७ विदेशीले अध्ययन गर्न पाउने व्यवस्था गरेको बताए। 

पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा आयोगअन्तर्गतको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्देशक प्रा. डा. रमेशप्रसाद आचार्यले बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेकामा १० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएर भ्रम सृजना गरेको बताए।

उनले दक्ष नर्सिङ जनशक्ति उत्पादनका लागि एक सय शय्याको आफ्नै अस्पताल नभएको संस्थालाई नर्सिङ अध्ययनको अनुमति दिन नहुनेमा जोड दिँदै नर्सिङ पेसालाई व्यवस्थित बनाउन नसक्दा धेरै नर्स बेरोजगार बन्नुपरेको बताए। 

चिकित्सा शिक्षा आयोगअन्तर्गतको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा. डा. दिलीप शर्माले एमबीबीएस अध्ययन गर्न एक सय ८८ नेपाली विद्यार्थी विदेश गएको, बिएस्सी नर्सिङमा २९, एलाइट साइन्समा ६६ र फार्मेसी अध्ययनका लागि १७ जना विद्यार्थी अध्ययनका लागि विदेश गएको जानकारी दिए।

प्रकाशित: Aug 09, 2022| 05:30 मंगलबार, साउन २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।