तनहुँ- तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुंगा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको सोमबार उपचारका क्रममा मृत्यु भएको हो।
उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। ग१क ३०३४ नंको बसको ठक्करबाट बाटोमा हिँडिरहेका तामाङ गम्भीर घाइते भएका थिए। बस चालक प्रहरी नियन्त्रणमा छन्।