मंगलबार, वैशाख १८, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • आशा र आशंकाको घेरामा प्रशिक्षक प्रभाकर : सफल खेलाडी, असफल राजनीति

आशा र आशंकाको घेरामा प्रशिक्षक प्रभाकर : सफल खेलाडी, असफल राजनीति

आफ्नो समयको प्रभावशाली खलाडी प्रभाकरको लागि नेपाली टिम ठूलो चुनौतीको विषय बन्‍नेछ। पछिल्लो अवस्थामा छोटो समयका लागि मात्र प्रशिक्षक पाएको नेपाली टिमलाई एक बनाउनका लागि कुनै पनि प्रशिक्षकलाई सजिलो हुने छैन।
 |  सोमबार, साउन २३, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, साउन २३, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले सोमबार भारतीय पूर्वक्रिकेटर मनोज प्रभावकरलाई नियुक्त गर्‍यो। प्रभाकरलाई विश्वास गरेर प्रशिक्षणको जिम्मेवारी सुम्पिँदै क्यानले सूचनामा लेखेको छ, ‘भारतका पूर्वस्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ।’

triton college

क्रिकेट प्रशिक्षकका रुपमा प्रभाकरले यसअघि दिल्ली, राजस्थान, अफगानिस्तानको टिमको बलिङ प्रशिक्षकका रुपमा काम गरिसकेका छन्। त्यसो त आफ्नो समयको प्रभावशाली खलाडी प्रभाकरको लागि नेपाली टिम ठूलो चुनौतीको विषय बन्‍नेछ। पछिल्लो अवस्थामा छोटो समयका लागि मात्र प्रशिक्षक पाएको नेपाली टिमलाई एक बनाउनका लागि कुनै पनि प्रशिक्षकलाई सजिलो हुने छैन।

आन्तरिक रुपमा जगत टमाटाले नेपाल टिम सम्हालेपछि भारतका रमेश पटावाला नेपाली टिमका प्रशिक्षक भएका थिए। उनले समय बाँकी रहँदै मुख्य प्रशिक्षकबाट राजीनामा दिए। त्यसपछि डेभ वाटमोर र पुबुदु दाशानायकेले पनि लामो समय प्रशिक्षण गरेनन्। त्यसैले अहिले नेपाली क्रिकेट टिम दुविधाको भुमरीमा देखिन्छ।

विशेषतः गुटमा विभाजित भएको नेपाली टिमलाई सम्हाल्न प्रभावरलाई सजिलो भने हुनेछैन। त्यस्तै नेपाली टिमको बलिङभन्दा पनि ब्याटिङ 'लाइनअप' निकै कमजोर देखिँदै आएको छ। प्रशिक्षक प्रभाकरचाहीँ आफैंमा बलिङ प्रशिक्षक रहे। उनको उपस्थितिले पनि नेपाली ब्याटिङमा प्रभाव पार्न गाह्रो छ। उनी बलरभन्दा अलराउन्डर खेलाडी थिए। उनले खेलेका ३९ टेस्टमध्ये २३ खेलमा ओपनिङ गरेका थिए।

त्यति मात्र होइन उनको ओपनिङ औसत पनि कमजोर छैन। ३२ को ओपनिङ औसत राखेका प्रभाकरले पाँच अर्धशतकका प्रहार गरेका छन। तीनै पूर्व खेलाडी अहिले नेपाली टिम सम्हाल्न पुगेका छन्। नेपाली टिमलाई हेरेर यसलाई क्रिकेटको बलशाली देश बनाउने इच्छुक रहेको उनको भनाइ छ। ‘नेपालमा क्रिकेटप्रतिको चासो, खेलाडीको प्रतिभा र सीपको स्तरलाई हेरेर, म नेपाली क्रिकेट टोलीलाई एक क्रिकेटिङ शक्ति राष्ट्र बनाउनको लागि काम गर्न वास्तवमै उत्सुक छु,’ मुख्य प्रशिक्षक बनेपछि प्रभाकरले भनेका छन्।

corrent noodles
Metro Mart

प्रभाकर भारतीय टिमका अरलाउन्डर थिए, खासगरी बलर। उनले भारतीय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो छवि बनाए। राष्ट्रिय टिमबाट ४५ पटक एक दिवसीय खेले भने २० टेस्ट खेलेका छन्। यसरी दुवै फर्म्याटमा समकक्षीमध्ये प्रभाकर सर्वाधिक खेलमा सहभागी बनेका खेलाडी पनि हुन्।

तर, प्रशिक्षकका रुपमा उनको छवी खासै राम्रो भनेछैन। रणजी ट्रफी जिते पनि प्रभाकर दिल्लीको प्रशिक्षकबाट बर्खास्त हुनुपरेको थियो। सन् २०११ मा मिडियामा टिमको व्यवस्थापनबारे बोलेपछि उनलाई रणजी ट्रफी सुरु हुनुभन्दा दुई दिन पहिले दिल्लीले बर्खास्त गरेको थियो। त्यसपछि २०१६ को आईसीसी विश्व टि-२० अघि उनी अफगानिस्तानको प्रशिक्षकमा नियुक्त भएका थिए।

फेरि भारत फर्किएका प्रभाकर उत्तर प्रदेशको प्रशिक्षकमा नियुक्त भएका छन्। उनी स्वच्छ छवी भएका क्रिकेटर चाहीँ मानिँदैनन्। सन् १९९९ मा उनी 'म्याच फिक्सिङ'मा परेको तहेल्का समाचार संस्थाले खुलाएको थियो। त्यसपछि उनलाई भारतको क्रिकेट कन्ट्रोल बोर्डले कारबाही गरेको थियो। त्यसपछि उनी भारतको टिमबाट प्रतिबन्धमा परेका हुन्। त्यसको १२ वर्षपछि उनले खेलाडी र टिम छनोटकर्ताबारे सार्वजनिक रुपमा बोलेपछि उनी प्रशिक्षकबाट पनि बर्खास्तीमा परे।


उनी यसअघि एकपटक क्रिकेट छोडेर राजनीतिमा पनि लागिसकेका थिए। तर उनको राजनीतिक यात्रा सजिलो रहेन। उनी असफल नेतामध्ये पर्छन्। पछिल्लो समय पनि उनी क्रिकेट र राजनीतिमा बराबरी सक्रिय छन्। उनी भारतको लोकसभा चुनावमा दिल्लीमा पराजित भए। उनले २०१९ को चुनावमा दक्षिण दिल्लीबाट ३.३४ प्रतिशत मात्र मत पाएका थिए।

एकपटक भारतीय टिमका पूर्वकप्तान कपिल देवले भनेका छन्, ‘उनी राम्रो एथलिट होइनन्, तपाईंलाई थाहा हुनुपर्छ। उनी एक कमजोर खेलाडी हुन्। साथै एक खेलाडीका लागि त्यो एकदमै नकारात्मक कुरा पनि हो। खेलाडी जोसुकै हो, राम्रो हुनुपर्छ। मलाई लाग्छ कि मनोजमा त्यहि कुराको कमी छ।’ भारतको रुबरु नामक एक कार्यक्रममा मनोजलाई कपिल देवले भनेको कुरा देखाएर प्रश्‍न गरिएको थियो। त्यसको जवाफमा मनोजले भनेका थिए, ‘सायद उनलाई लाग्छ कि उनी दौडिए जस्तै म दौडिन्‍न।

अब तुलना गर्ने कोसिस गर्‍यो भने मैले जति ‘स्विङ’ पाउँछु, उनले त्यति ‘स्विङ’ गर्न सक्दैनन्। यस्ता कुराहरु भइरहन्छन्। यदि उनले मलाई यो कुरा करिब १२ वर्ष अगाडि भनिदिएको भए हुन्थ्यो त म पनि अर्को कपिल देव बन्न सक्थेँ।’

प्रभाकरले आफ्नो खेल जीवनमा ३९ टेस्टमा ५८ इनिङ बलिङ गरेका छन्। जसमा उनले ३ हजार ५८१ रन खर्चिएर ९६ विकेट लिए। त्यस्तै, १३० एकदिवसीय खेल खेल्दा उनले ४ हजार ५३४ रन दिएर १७५ विकेट गिराएको ईएसपीएलको रेकर्डले देखाउँछ। एक दिवसीयका ९८ इनिङमा उनले १ हजार ८५८ रन बनाएका छन्। नेपालले पछिल्लो समय डेब वाटमोरजस्तो उत्कृष्ट प्रशिक्षक पाएपछि नेपालको ब्याटिङ राम्रो भएको आँकलन गरिएको थियो। तर त्यसपछि फेरि खस्कियो। अब त्यसलाई राम्रो बनाउने जिम्मेवारी प्रभाकरको पोल्टामा परेको छन्। पछिल्लो समय नेपाली क्रिकेट फ्यानहरुले पनि भारतीय प्रशिक्षक ल्याउन माग गरिरहेका छन्।

त्यो किनभने भारतीय प्रशिक्षक भित्र्याउन सके नेपाली टिमले भारतको प्रदेशको टिमहरुसँग मैत्रीपूर्ण खेल खेल्नका लागि बाटो खुल्नेछ। त्यस्तै, नेपालको खेल्ने धेरै खेलाडीले भारतमा नै क्रिकेट सिक्ने गरेका छन्। यसकारण खेलाडीहरुको मनोभाव बुझ्‍न पनि भारतीय प्रशिक्षकलाई सहज हुने आँकलन गरिएको छ।

करण केसी, सोमपाल कामी, रोहित पौडेलजस्ता राष्ट्रिय टिमका नियमित सदस्य भारतमा क्रिकेट सिकेर नेपालमा खेल्ने गरेका छन्। राष्ट्रिय टिमका नयाँ खेलाडीले पनि भारतमा प्रशिक्षण गर्ने गरेका छन्। नेपालको सबैभन्दा नजिकको छिमेकी देश भारतसँग क्रिकेटबाट पनि सम्बन्ध नजिकको बनाउन सके फाइदा हुने भन्दै क्रिकेट फ्यानहरुले सामाजिक सञ्‍जालमा क्यानको ध्यानाकर्षण गराउँदै आएका थिए। अहिले उनी प्रशिक्षकमा नियुक्त भएपछि केहि क्रिकेट समर्थकले उनको क्रिकेटिङ करियर हेरेर क्यानको तारिफ गरेका छन् भने केहिले बीसीसीआईले लगाएको प्रतिबन्धलाई देखाउँदै क्यानको विरोध गरेका छन्। खैर जे होस्, प्रभाकरका लागि नेपाली टिम आफ्नो छवि सुधार्ने अवसर हुनेछ भने नेपाली टिमका लागि भारतसँग सम्बन्ध नजिक बनाएर क्रिकेटको बलशाली देश बन्‍ने अवसर हुनेछ।

‘अजर’ नामक एक बलिउड फिल्म आजभन्दा ६ वर्षअघि रिलिज भएको थियो। त्यसमा सन् १९९० को दशकमा र २००० ताका कसरी ‘म्याच फिक्सिङ’ हुन्थ्यो भनेर देखाइएको छ। विषेशतः यो फिल्म मोहम्मद अजरुद्दिनको जिवनीको आधारमा बनेको छ। सो फिल्ममा एक पात्र छन्, करनवीर शर्मा। यी पात्रलाई मनोज प्रभारको रोल गर्न दिइएको थियो। तर टाइम्स अफ इन्डियामा प्रकाशीत एक रिपोर्टका आधारमा उनी आफूलार्इ अंकित गरेको रोलप्रति खुसी थिएनन्।

प्रभाकरले सन् २००९ मा भारतीय नायिका फहरिनसँग विवाह गरेका थिए। सन् २००८ अघि उनी सन्ध्या प्रभाकरसँग विवाह बन्धनमा थिए। श्रीमतीलाई पीडा दिएको भन्दै सन्ध्याले प्रभाकरसँग सम्बन्धविच्छेद गरेकी थिइन्।

(मिडिया न्युज ट्र्याक, ईएसपीएन क्रिक इन्फो, द क्रिकेटमन्थ्ली डटकम, एनडीटीभीइन्डियन एक्सप्रेसको सहयोगमा तयार पारिएको सामग्री।)

प्रकाशित: Aug 08, 2022| 21:12 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।