शुक्रबार, वैशाख २१, २०८१

रूपन्देहीमा चुनावी चर्चा : गृहमन्त्री, पूर्वमन्त्रीदेखि स्वतन्त्रसम्म आकांक्षी

सरकारले आगामी ४ मंसिरका लागि प्रदेशसभा र संघको निर्वाचन मिति घोषणा गरेसँगै नेतैनेता भएको रूपन्देहीमा चुनावी सरगर्मीको पारो उक्लिन थालेको छ।
 |  सोमबार, साउन २३, २०७९

विनोद परियार

विनोद परियार

सोमबार, साउन २३, २०७९

बुटवल– लुम्बिनी प्रदेशको व्यापारिक राजधानी रूपन्देही शीर्ष नेताहरूको जिल्ला हो। गृहमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेता घनश्याम भुसाल, पूर्वमन्त्री एवं राप्रपा नेता दीपक बोहरा, पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला रूपन्देहीकै नेता हुन्।

triton college

माओवादी, जसपा, नेकपा एकीकृत समाजवादीमा पनि पूर्वसांसद र प्रभावशाली नेताहरू छन्। सरकारले आगामी ४ मंसिरका लागि प्रदेशसभा र संघको निर्वाचन मिति घोषणा गरेसँगै नेतैनेता भएको रूपन्देहीमा चुनावी सरगर्मी विस्तारै बढ्न थालेको छ। प्रतिनिधिसभा ५ र प्रदेशसभा १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा दलहरूले उम्मेदवारीको आन्तरिक तयारी सुरु गरेका छन्। यस पटक हालसम्म सत्ता गठबन्धन (पाँच दल) एकातर्फ र नेकपा एमाले अर्कोतर्फ रहेर प्रतिस्पर्धा हुने छाँट देखिएको छ। 

यसो हुँदा गठबन्धनमा हाल आकांक्षी देखिएका उम्मेदवार पछि हट्न सक्छन्। यद्यपि  यतिबेला विभिन्न तहमा रहेकाहरूले आफ्नो उम्मेदवारी दाबी गर्न थालेका छन्।

रूपन्देहीमा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा, राष्ट्रिय जनमोर्चा, राप्रपा, सिके राउतको जनमत पार्टी, जनमुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीहरूले उम्मेदवार उठाउने तयारी गरेका छन्। २०७४ को निर्वाचनमा रूपन्देहीमा एमालेले ३ वटा क्षेत्र र कांग्रेसले २ निर्वाचन क्षेत्र जितेको थियो। केही क्षेत्रमा राप्रपा र मधेसवादी दलको पनि मत राम्रो आएको थियो। रूपन्देहीमा अधिकांश ठाउँमा पुरानै अनुहार उम्मेदवार बन्दै छन्।   

एमालेका अधिकांश पुरानै, गठबन्धनबाट अन्योल
प्रतिनिधिसभाको निर्वाचनमा यस पटक एमाले उपाध्यक्ष विष्णुु पौडेलको निर्वाचनलाई निकै चासोसाथ हेरिएको छ। स्थानीय तह निर्वाचन प्रतिनिधिसभाको क्षेत्र२ मा रहेका स्थानीय तहमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार विजयी भएका छन्। २०७४ मा बुटवल उपमहानगरसहित तिलोत्तमा र सैनामैना नगरमा एमालेले बहुमत सदस्यमा जित हासिल गरेको थियो। 

corrent noodles
Metro Mart

प्रतिनिधिसभामा पौडेलले भारी मतान्तरसहित कांग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए। तर आगामी ४ मंसिरमा हुने निर्वाचनमा सत्तागठबन्धन कायमै रहे पौडेलका लागि अघिल्लो पटकभन्दा थप सकस हुनसक्ने विश्लेषण गरिएको छ। यद्यपि पौडेललाई टक्कर दिने गरी त्यो उचाइको नेता नहुँदा उनलाई फाइदा हुन सक्ने तर्क पनि गरिँदै छ।

एमालेबाट पौडेल रूपन्देही क्षेत्र २ को निर्विकल्प उम्मेदवार हुन्। तर सत्ता गठबन्धन हुँदा यहाँ नेकपा माओवादी केन्द्र र नेकपा (एस) मध्येबाट उम्मेदवार छनोट हुने चर्चा छ। अहिले नेकपा माओवादीबाट संविधानसभा सदस्य विनोद पहाडी र नेकपा एसबाट राजु गुरुङ उम्मेदवारका आकांक्षी हुन्।

एमाले विभाजित भएकाले गठबन्धनबाट नेकपा (एस) का गुरुङको अवस्था केही सहज हुन सक्ने बलियो सम्भावना रहेको नेताहरू बताउँछन्। यद्यपि कांग्रेस नेता चन्द्र भण्डारीको समेत यहाँ आउने चर्चा छ। 

भण्डारी आफैंले भने कुनै इच्छा व्यक्त गरेका छैनन्। कांग्रेसबाट उम्मेदवार हुँदा युवराज गिरी नै दोहोरिने सम्भावना रहेको कांग्रेस नेताहरूले बताएका छन्। यस्तै, स्वतन्त्रबाट डा. निकोलस भुसालले उम्मेदवारी घोषणा गरेका छन्। उनी काठमाडौं महानगरका मेयर बालेन साहको टिमका सदस्य हुन्। 

२०७४ मा एमालेका पौडेलले ४४ हजार ९ मत ल्याउँदै कांग्रेसका गिरीलाई पराजित गरेका थिए। गिरीले २१ हजार ९४५ मत ल्याएका थिए। २०७० मा तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई यही क्षेत्रमा पौडेलले हराएका थिए। गत ३० वैशाखमा सम्पन्न स्थानीय तहमा वडाअध्यक्ष जितेको आधारमा कांग्रेसको मत अगाडि छ। कांग्रेसले ३४,९५९ मत पाएको छ भने एमालेले ३३,१८७ मत प्राप्त गरेको छ। त्यस्तै, माओवादीले ३,१८८ मत पाएको छ। 

सरकारले आगामी ४ मंसिरका लागि प्रदेशसभा र संघको निर्वाचन मिति घोषणा गरेसँगै नेतैनेता भएको रूपन्देहीमा चुनावी सरगर्मीको पारो उक्लिन थालेको छ।

रूपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ एमालेमा छविलाल विश्वकर्माले जितेका छन्। यहाँ अहिले पनि एमाले सचिव तथा पूर्वमन्त्री रहेका विश्वकर्मा नै उम्मेदवार बन्ने निश्चित छ। २०७४ मा विश्वकर्मा ३४,७५२ मत ल्याएर विजय भएका थिए भने कांग्रेस नेता अब्दुल रज्जाकले २६,८६५ मत ल्याएका थिए।

त्यस्तै, रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले पुरानै अनुहार दोहोर्याउने निश्चितजस्तै छ। २०७४ मा एमालेका छविलाल विश्वकर्माले जितेका थिए। एमाले सचिव तथा पूर्वमन्त्री विश्वकर्मासँग सत्तागठबन्धन कायमै रहे अब्दुुल रज्जाक नै प्रतिस्पर्धी बन्ने कांग्रेसको भनाइ छ। यद्यपि रज्जाकको स्वास्थ्य अवस्था कमजोर भएको र कांग्रेसलाई अलि सुरक्षित महसुस गरेकाले अन्य कुनै प्रभावशाली नेता आउन सक्ने विश्लेषण भइरहेको छ।

गृहमन्त्री बालकृष्ण खाणसमेत क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने चर्चा छ। यद्यपि उनले यस विषयमा मुख खोलेका छैनन्। यो क्षेत्र राप्रपा नेता दीपक बोहराको पनि राम्रो पकड भएको ठाउँ हो। तर बोहरा अहिले यही क्षेत्रबाट उठ्छन् कि क्षेत्र नम्बर ३ बाट भन्ने यकिन छैन। 

हालैको स्थानीय निर्वाचनमा वडाध्यक्षमा दलहरूले पाएको मत अवस्थाका आधारमा रूपन्देही क्षेत्र नम्बर १ मा कांग्रेस एमालेभन्दा थोरै मतले अघि छ। कांग्रेसका वडाध्यक्षहरूले ३२,९९९ मत ल्याएका छन् भने एमालेकाले ३०,३९४ मत ल्याएका छन्। यस्तै, राप्रपाको १४,५५२ मत रहेको छ भने माओवादीको ४,२०२ मत रहेको छ।

२०६४ को संविधानसभा चुनावमा माओवादीले जितेको क्षेत्र हो, क्षेत्र नम्बर १। २०७४ मा एमाले नेता घनश्याम भुसालले जितेको क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण उठ्ने चर्चा छ। गठबन्धन हुँदा ‘कन्फर्ट’ हुने भएकाले खाण क्षेत्र नम्बर ३ बाटै लड्ने तयारी भएको नेताहरू बताउँछन्। 

खाणका भाइ तथा कांग्रेस रूपन्देही सभापति रामकृष्ण खाण तिलोत्तमा नगरपालिकामा मेयर छन्। सिद्धार्थनगर, सियारी र शुद्धोधनमा समेत कांग्रेसले जितेकाले यस पटक खाण गठबन्धन जोगाएर आफू नै उठ्ने तयारीमा जुटेका हुन्। 

रूपन्देहीका ५ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ एमालेमा छविलाल विश्वकर्माले जितेका छन्। यहाँ अहिले पनि एमाले सचिव तथा पूर्वमन्त्री रहेका विश्वकर्मा नै उम्मेदवार बन्ने निश्चित छ। 

२०७४ मा खाण समानुपातिकमा बसेका थिए। उनले २०७० मा क्षेत्र नम्बर ३ बाट जितेका हुन्। यस्तै, राप्रपा नेता बोहरा पनि यहीबाटै लड्ने बताइएको छ। गत निर्वाचनमा घनश्याम भुसालले ३२,८६६ मत ल्याउँदा राप्रपाका बोहराले २७,४२२ मत ल्याएका थिए। त्यतिबेला कांग्रेस र राप्रपाबीच तालमेल भएको थियो।

हालै सम्पन्न स्थानीय तहको वडाअध्यक्षहरूको मतको आधारमा कांग्रेस ३४,१५३ मत, एमाले २९,०४८ र राप्रपाको १३,३९७ मत रहेको छ। रूपन्देहीको क्षेत्र नम्बर ४ मा २०७४ मा कांग्रेसबाट प्रमोदकुमार यादव विजयी भएका थिए। यहाँ सांगठनिक रूपमा एमाले कमजोर देखिन्छ। अतः कांग्रेसबाट यादव नै दोहोरिने लगभग पक्का छ। यादव र आशुतोष मिश्रमध्ये एक जना कांग्रेसबाट उम्मेदवार बन्न सक्ने कार्यकर्ताबीच चर्चा छ। 

पटक–पटक जितेर मन्त्री भएका नेता सर्वेन्द्रनाथ शुक्ला निर्वाचनको मैदानमा जाने निश्चितजस्तै छ । गत निर्वाचनमा  कांग्रेसका प्रमोदकुमार यादवसँग पराजित भएका शुक्ला अहिले लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य छन्। लोसपा रूपन्देहीका अध्यक्ष अजय बर्माले शुक्ला ४ नम्बर क्षेत्रबाटै निर्वाचन लड्ने बताए। यहाँ हालै सम्पन्न स्थानीय तह निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मत जोड्दा शुक्लाको पार्टी अगाडि देखिन्छ। लोसपाको १६,२२६, कांग्रेसको १५,६२७, जनमत पार्टीको ७,७३४, एमालेको ७,६०५ मत वडाअध्यक्षहरूले पाएका छन्। 

त्यसैगरी रूपन्देही क्षेत्र नम्बर ५ मा कांग्रेसका भरतकुमार साहले लगातार जित्दै आएका छन्। कांग्रेसबाट साहको विकल्प देखिँदैन। गत निर्वाचनमा साहले ३३,०८८ मत ल्याउँदा माओवादीका डिलाराम आचार्यले २०,४३८ मत ल्याएका ल्याएका थिए। त्यसबेला नेकपा माओवादी र एमालेबीच एकता भएको थियो।  एमालेबाट राष्ट्रिय सभा सदस्यसमेत रहेका खिमलाल भट्टराई, एमाले प्रदेशसभा मुख्य सचेतक भूमिश्वर ढकालमध्ये एक जना उम्मेदवार हुने निश्चित भएको एमाले नेताहरूको भनाइ छ।

यस्तै, नेकपा माओवादी केन्द्रबाट डिलाराम आचार्य, वामदेव क्षेत्रीमध्ये एक जना उम्मेदवार हुन सक्ने चर्चा छ । यहाँ गत स्थानीय तहको निर्वाचनमा वडाअध्यक्षहरूको पाएको मतको आधारमा एमाले नै अगाडि देखिन्छ। एमालेका वडाध्यक्षहरूले २७,१४५ मत पाएका छन् भने कांग्रेस २६,८८८, जसपा ९,३३७, जनमत पार्टी ५,६५६ र माओवादीको ४,६२५ मत रहेको छ।

निर्वाचनको मिति भर्खर घोषणा भएकाले उम्मेदवार को हुने भन्नेबारे पार्टीमा छलफलै सुरु नभएको एमाले रूपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए। ‘अहिले निर्वाचन हुने भएपछि हामी कार्यकर्ता प्रशिक्षणमा छौं। कसरी निर्वाचन जित्ने भन्ने रणनीति बनाइरहेका छौं,’ उनले भने, ‘अहिले उम्मेदवार को भन्नेबारे छलफल गर्ने समय आइसकेको छैन।’ 

त्यसो त, कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाणले पनि चुनावको मिति भर्खर घोषणा भएकाले छलफल भइनसकेको बताए। चुनावको मिति घोषणा भएको र गठबन्धनमा मिलाउनुपर्ने भएकाले केन्द्रबाटै टुंगो लागेपछि बल्ल तयारी हुने उनको भनाइ छ। 

नेकपा एकीकृत समाजवादीले गठबन्धन हुने-नहुने आधारमा चुनावी रणनीति बनाइने बताएको छ। नेकपा एस रूपन्देहीका अध्यक्ष अविराम विश्वकर्माले आफूहरूले क्षेत्र नम्बर २ मा दाबी गरेको बताए। ‘अन्य क्षेत्रमा पनि हाम्रो दाबी छ। गठबन्धनबाट के हुन्छ, सोही आधारमा तय हुनेछ,’ उनले भने। 

प्रकाशित: Aug 08, 2022| 16:55 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...