सोमबार, फागुन १८, २०८२

बार्सिलोनाबाट ड्यानी आल्भेसको बिदाइ [तस्बिरहरू]

फुटबल इतिहासकै सर्वाधिक पदक जित्ने खेलाडी बनेका आल्भेसले ब्राजिल तथा विभिन्न क्लबबाट ४३ उपाधि जितेका छन्।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं– ब्राजिलियन डिफेन्डर तथा बार्सिलोनाका पूर्वखेलाडी ड्यानी आल्भेसलाई बार्सिलोनाले आधिकारिक रूपमा बिदाइ गरेको छ। आइतबार राती जोन ग्याम्पर ट्रफीको खेलमा आल्भेसलाई क्लबले बिदाइ गरेको हो।

बार्सिलोनाले प्रत्येक वर्ष सिजनको सुरुआतमा यो प्रतियोगिता आयोजना गर्दछ। यस पटक बार्सिलोनाले इटालियन क्लब ए एस रोमालाई निमन्त्रणा गरेको थियो। तर अन्तिम समय रोमाले सहभागी नहुने जनाउ दिएपछि बार्सिलोनाले मेक्सिकन क्लब पुमाससँग खेल्ने तय भएको थियो। 

पुमासको कप्तानी ड्यानी आल्भेसले गरेका थिए। अघिल्लो सिजन बार्सिलोना फर्किएका ड्यानी आल्भेस यो सिजन मेक्सिकन क्लब पुमासमा अनुबन्ध भएका थिए। बार्सिलोनाले आल्भेसलाई टिममा निरन्तरता नदिने बताएपछि आल्भेसले बार्सिलोना छाडेका हुन्।

बार्साको योजनामा नपरेपछि आल्भेसले क्लब छाड्दै बार्सिलोनाले आफ्ना दिग्गज खेलाडीलाई सम्मान नगरेको भन्दै आलोचना गरेका थिए।

आल्भेस सन् २००८ मा सेभियाबाट बार्सिलोनामा अनुबन्ध भएका थिए। उनी २३ मिलियन युरोमा बार्सिलोनामा अनुबन्ध भएका थिए। आल्भेस त्यस समयका सर्वाधिक महँगा डिफेन्डर बनेका थिए। 

kumari

त्यसपछि आठ सिजन बार्सिलोनामा बिताएका उनले उसका लागि तीन च्याम्पियन्ससहित २३ वटा उपाधि जितेका छन्। तर सन् २०१६ को च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा एथ्लेटिको मड्रिडसँग अप्रत्यासित हारसँगै च्याम्पियन्स लिगबाट बाहिरिएसँगै विभिन्न विवादका कारण उनले बार्सिलोना छाडेर  इटालियन क्लब युभेन्टस्मा अनुबन्ध भए।

आल्भेस फुटबल इतिहासकै सर्वाधिक उपाधि जित्ने खेलाडी हुन्। उनले ब्राजिल तथा विभिन्न क्लबबाट कुल ४३ उपाधि जितेका छन्। उनीपछि अर्जेन्टिनाका कप्तान तथा पिएसजीका फर्वाड लियोनेल मेस्सीले ४१ उपाधि जितेर आल्भेसलाई पछ्याइरहेका छन्।

 हेर्नुस्, आल्भेस बिदाइका केही तस्बिरहरूः






प्रकाशित: Aug 08, 2022| 15:50 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।