शनिबार, मंसिर ६, २०८२

हाल्यान्डको डेब्यू गोलमा म्यानचेस्टर सिटीको जित

वेस्ट हामको घरेलु मैदानमा भएको खेलमा सिटीले २–० जित निकालेको हो।
 |  सोमबार, साउन २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

काठमाडौं- नर्वेजियन फरवार्ड इर्लिङ हाल्यान्डको दोहोरो गोलमा साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा जित निकालेको छ। वेस्ट हामको घरेलु मैदानमा भएको खेलमा सिटीले २–० जित निकालेको हो।

National life

खेलको ३५औं मिनेटमा गोलस्कोरिङ कै अवस्थामा वेस्ट ह्यामका गोलकिपरले हाल्यान्डलाई मैदानमा लडाएपछि सिटीले पेनाल्टीको अवसर पाएको थियो। सो अवसरालाई सदुपयोग गर्दै हाल्यान्डले गोल गरे।

त्यस्तै, खेलको ६५औं मिनेटमा हाल्यान्डले नै दोस्रो गोल गरेका थिए। खेल अवधिभर ७६ प्रतिसत समय बलमा नियन्त्रण बनाएको सिटीले विपक्षीको पोस्टतर्फ १४ प्रहार गरेको थियो।

यो जितसँगै सिटीले पहिलो खेलमा तीन अंक जोडेको छ। लिगको पहिलो खेलमै तीन अंक जोड्नेमा सिटीसँगै टोटेनहम हट्सपर, बर्नेमाउथ, आर्सनल, न्युकासल, ब्राइटन, लिड्स युनाइटेड र चेल्सी रहेका छन्। सिजनको पहिलो खेल सकिएको छ।

गएराति हाल्यान्डले प्रिमियर लिगमा डेब्यु गोलसमेत गरेका हुन्। भर्खरै सकिएको ट्रान्फर विन्डोमा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटी पुगेका उनले लिगको पहिलो खेलमै गोल गरेका हुन्। उनी टिमको पहिलो रोजाइमा पर्दै मैदान प्रवेश गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 08, 2022| 07:29 सोमबार, साउन २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।