शनिबार, मंसिर ६, २०८२

सिजनको पहिलो खेलमै युनाइटेड पराजित

३१ औं सिजनको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमै म्यानचेस्टर युनाइटेड पराजित भएको छ। युनाइटेडको घरेलु मैदानमा आइतबार राति सम्पन्न भएको खेलमा युनाइटेडले ब्राइटनसँग २–१ को हार बेहोरेको हो।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- ३१ औं सिजनको इंग्लिस प्रिमियर लिगको पहिलो खेलमै म्यानचेस्टर युनाइटेड पराजित भएको छ। युनाइटेडको घरेलु मैदानमा आइतबार राति सम्पन्न भएको खेलमा युनाइटेडले ब्राइटनसँग २–१ को हार बेहोरेको हो।

National life

घरेलु समर्थकमाझ युनाइटेले खेलको ३० औं मिनेटमै पहिलो गोल बेहोरेको थियो। ब्राइटोनका लागि वेलम्याकले दिएको पासमा पास्कल ग्रोबले गोल गरेका थिए।

खेलको ३९ औं मिनेटमा पास्कलले नै अर्को गोल गरेपछि पहिलो हाफमै ब्राइटोनले दुई गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफको ६८ औं मिनेटमा अलेक्स म्याकअलिस्टारले आफ्नै पोस्टमा गोल गरेका थिए। अलेक्स ब्राइटोनका खेलाडी भएका कारण युनाइटेले एक गोल कोसेलि पाएको हो। यससँगै खेलबाट ब्राइटोनले तीन अंक जोड्यो भने युनाइटेले पहिलो खेलमा अंक जोड्न सकेन।

ब्राइटोनले १४ खेलपछि मात्र ओल्ड ट्राफोर्डमा युनाइटेडविरुद्ध जित निकाल्न सकेको हो। र, पछिल्लो तीन सिजनमध्ये युनाइटेले दुई सिजनमा सुरुआति खेलमा हार बेहोरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 07, 2022| 22:59 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।