मंगलबार, मंसिर १९, २०८०

कर्णाली प्रदेश : १० लाख बढीले लगाए कोरोना खोप

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ।
 |  सोमबार, साउन २३, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, साउन २३, २०७९

सुर्खेत- कर्णाली प्रदेशमा हालसम्म १० लाख बढीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ।

sagarmatha cement

तेस्रो मात्रा अर्थात् बुस्टर डोज लगाउनेको सङ्ख्या भने कम छ। स्वास्थ्य निर्देशक डा. रविन खड्काले पछिल्लो समय नागरिकले कोरोना खोपप्रति चासो नदिँदा बुस्टर डोज लक्ष्यअनुसार दिन नसकिएको बताए। 'खोप पालिकास्तरमै पठाइएको छ, तर नागरिक लगाउन नआउँदा १० हजार डोज खेर गयो,' उनले भने, 'कोरोना बढेपछि आत्तिने र कम हुँदा लापरबाही गर्ने प्रवृत्तिका कारण मानिस खोप लगाउन बेवास्ता गरिरहेका छन्। यसले गर्दा र डोज सबैलाई लगाउन सकिएन।' बुस्टर डोज लगाउनेको सङ्ख्या चार लाख १३ हजार ४६६ रहेको छ। 

निर्देशनालयका अनुसार कूल जनसङ्ख्याको ६८.७ प्रतिशत नागरिकलाई खोपको पहिलो मात्रा दिने लक्ष्य लिएकामा लक्षित जनसङ्ख्याको ५९ प्रतिशतले पहिलो मात्रा डोज लगाएका छन्। ६६.८ प्रतिशतलाई दोस्रो मात्रा दिने लक्ष्य लिएकामा ५७ प्रतिशतले खोप लगाए। खोपको पहिलो र दोस्रो मात्रा दुवै लगाउने १२ देखि १७ वर्ष उमेर समूहका छन्। 

कर्णालीमा हालसम्म एक लाख ९७ हजार ३३८ जनामा कोरोना परीक्षण गरिएको छ। सङ्क्रमण पुष्टि भएका ३९ हजार नौ जनामध्ये तीन सय ९१ जनाको कारण मृत्यु भएको थियो। निर्देशनालयको पछिल्लो तथ्याङ्कअनुसार प्रदेशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४३ रहेको छ।

प्रकाशित: Aug 08, 2022| 05:00 सोमबार, साउन २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।