शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • आफ्नै खर्चमा फुटबलको प्रशिक्षण लिन हल्याण्ड जाँदै नेपाली खेलाडी

आफ्नै खर्चमा फुटबलको प्रशिक्षण लिन हल्याण्ड जाँदै नेपाली खेलाडी

हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई इतबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले शुभकामना सहित बिदाइ गरेका छन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं– हल्याण्ड फुटबल युनिभर्सिटीको आयोजनामा हुने विशेष फुटबल प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण क्याम्पमा सहभागी हुन जाने फुटबल टोलीलाई इतबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले शुभकामना सहित बिदाइ गरेका छन्।

National life

प्रशिक्षणमा सहभागी हुन जाने स्वस्तीश्री गुरुकुलका २३ सदस्यीय टोलीलाई उपाध्यक्ष ज्वालाले त्यहाँ प्राप्त ज्ञान नेपाली फुटबलमा उपयोगी हुने विश्वास व्ययक्त गर्दै टोलीले नेपालको समेत प्रतिनिधित्व गर्ने भएकोले नेपालको इज्जत बढाउन कुनै कसर बाँकी नराख्न टोलीलाई निर्देशन दिए। उपाध्यक्ष ज्वालाले खेलकुदको उद्गम थलो स्कुल नै भएको भन्दै खेलाडी तयार गर्न स्वस्तीश्रीले गरेको कार्यको सराहना गर्नुका साथै खेलाडीहरुलाई उपयुक्त ज्ञान हासिल गरेर आउन शुभकामना व्यक्त गरे।

खेलाडीहरुलाई बिदाइ गर्ने क्रममा अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामाले हल्याण्ड जाने टोली स्कुलको मात्र नभई नेपाल र एन्फाको समेत प्रतिनिधित्व गर्ने भएकोले शिर्ष ज्ञान प्राप्त गर्न शुभकामना ब्यक्त गर्दै त्यहाँ प्राप्त ज्ञान नेपाली फुटबलको विकासमा कोशेढुंगा सावित हुने बताए।

नेपाली फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा सहभागी हुन जाने टोलीको प्रशिक्षकमा ज्वाला बिष्ट छन्। त्यस्तै खेलाडीहरुमा दिर्घायु पिया, सदित अर्याल, दीप खत्री, वैभव ताम्राकार, कृतज्ञ कोजु, निशान कुँवर, साश्वत बुढाथोकी, सर्वणी सुवेदी, प्रश्रय श्रेष्ठ, पाल्देन दोर्जे शेर्पा, ज्युड सापकोटा, भाइचुङ तामाङ, कविर आचार्य, प्रणव धाख्वा, रायन गुरुङ, शुभाना मानन्धर, कर्मा लेन्दुप शेर्पा, स्पर्श पन्थ, सौरव बरुवाल, जास्मिन सापकोटा र रिहान मान जोशी रहेका छन्। प्रशिक्षण कार्यक्रम साउन २५ देखि ३१ गते सम्म हुनेछ।

खेलाडीहरु आफ्नो खर्चमा त्यसतर्फ प्रस्थान गर्न लागेको र ब्यक्तिगत सम्वन्धका कारण प्रशिक्षण कार्यक्रममा सहभागि हुन लागेकाले कुनै प्रकारको छनोट नगरिएको नेतृत्वकर्ता गुरुङले जानकारी गराए। टोली सोमबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 07, 2022| 17:48 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।