आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदीप ज्ञवालीको प्रश्न- काम चलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ?

प्रदीप ज्ञवालीको प्रश्न- काम चलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले काम चलाउ सरकारले सदनलाई बिजनेस दिन नमिल्ने टिप्पणी गरेको छ। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उक्त टिप्पणी गरेका हुन्।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले काम चलाउ सरकारले सदनलाई बिजनेस दिन नमिल्ने टिप्पणी गरेको छ। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उक्त टिप्पणी गरेका हुन्।

निर्वाचन घोषणासँगै सरकार कामचलाउ भएकाले सदनलाई बिजनेस दिन मिल्छ र? भन्दै ज्ञावालीले प्रश्न गगरेका छन्। काम चलाउ सरकारले नियमित सरकारको जस्तो विजनेस दिएर सदन चलाउने कुरा उचित नहुने ज्ञावालीले बताए।

निर्वाचनको मिति घोषणा गरेसँगै सरकार काम चलाउ भएको उनको टिप्पणी छ। ‘काम चलाउ सरकारले सदनलाई विजनेस दिने र त्यो विजनेस नयाँ विधेयक दर्ता गर्ने या उठेका प्रश्नहरुको छलफल गर्ने त्यो स्थिति बन्छ?,' उनले भने। 

महाअभियोगको कार्यसूची रहेको आफूले देखेको बताउँदै उनले तीन महिनामा छिनोफानो हुने विषयलाई अनुपयुक्त समयमा छलफलका लागि प्रवेश गराएको बताए। 

'फागुन २९ मा महाअभियोग दर्ता भयो। सामान्यतया तीन महिनामा छिनोफानो होस् भन्ने हुन्छ। नेपालीमा एक उखान छ। दिन उजेली सुती गुमाई रात जुनेली बिस्कुन सुकाई। दिनभरि त यो सरकार सुतेर बस्यो, अब सदनले तीन महिनाको समय पाउँछ कि पाउँदैन,’ उनले भने।

प्रकाशित: Aug 07, 2022| 13:37 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...