शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रिमियर लिगमा चेल्सी र टोटेनहमको जित, बराबरीमा रोकियो लिभरपुल

प्रिमियर लिगमा चेल्सी र टोटेनहमको जित, बराबरीमा रोकियो लिभरपुल

फुलहामको मैदानमा सम्पन्न पहिलो लेगेको खेलमा लिभरपुलले घरेलु टिमविरुद्ध २–२ को बराबरी खेलेको हो।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- शनिबार राति सम्पन्न भएको इंग्लिस प्रिमियर लिग (ईपीएल) को दोस्रो दिनको खेलमा साविक उपविजेता लिभरपुल बराबरीमा रोकिएको छ।

National life

फुलहामको मैदानमा सम्पन्न पहिलो लेगेको खेलमा लिभरपुलले घरेलु टिमविरुद्ध २–२ को बराबरी खेलेको हो।

एक गोलले पछि परेको अवस्थामा युवा खेलाडी डार्विन नुएजले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याएका थिए। खेलको ५०औं मिनेटमा फर्मिनोको ठाउँमा मैदान पसेका नुनेजले ६४औं मिनेटमा गोल गरे। तर ३२औं मिनेटमा पहिलो गोल गरेका अलेक्जेन्डर वित्रोविचले ७२औं मिनेटमा फुलहामका लागि अर्को गोल गरे।

त्यसपछि पुनः एक गोलले पछि परेको अवस्थाबाट मोहम्मद सलाहले बराबरी गोल गरेका हुन्। यससँगै दुवै टिमको बराबरी १,१ अंक भएको छ।

शनिबार रातिको अर्को खेलमा भने टोटेनहमले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–१ ले हराएको छ। खेलको १२औं मिनेटमा साउथह्याम्टनले पहिलो गोल गरेर अग्रता बनाए पनि टोटेनहमका लागि रियल सेसेगन, इरिक डायर, मोहम्मद सलिसु र डेजन कुलुसेभ्स्कीले गोल गरेका थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै, एभर्टको घरेलु मैदानमा चेल्सीले साँघुरो जित निकालेको छ। जर्गिन्होको गोलको सहयोगमा चेल्सीले जित निकालेर पहिलो खेलबाटै तीन अंक सुरक्षित गरेको हो। गएरातिकै खेलमा बर्नेमाउथले एस्टन भिल्लालाई हराएको छ भने न्युकासलले नटम फरेस्टलाई पनि समान २–० ले हराएको छ।

प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटीले वेस्ट ह्यामको सामना गर्नेछ। यो खेल राति सवा ९ बजे सुरु हुनेछ। आइतबार राति पौने ९ बजे सुरु हुने खेलमा भने म्यानचेस्टर युनाइटेडले ब्राइटनको सामना गर्नेछ।

प्रकाशित: Aug 07, 2022| 09:56 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।