सोमबार, असोज ८, २०८०

कांग्रेस बलियो हुनु भनेको लोकतन्त्र बलियो हुनु हो : नेता शाह

नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेस बलियो हुनु पर्ने बताएका छन्।
 |  आइतबार, साउन २२, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले लोकतन्त्रको संस्थागत विकासका लागि नेपाली कांग्रेस बलियो हुनु पर्ने बताएका छन्।

sagarmatha cement

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यसअघिको दुई तिहाइ सरकार नेपाली जनताका न्यूनतम आवश्यकताभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको आरोप लगाए।

लोकतन्त्रको रक्षाको लागि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था सिर्जना भएको शाहको भनाइ छ। निर्वाचन लोकतन्त्रको सुन्दरपक्ष भएकोले निर्वाचनबाट आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउने नेपाली जनताको अधिकारलाई कांग्रेसले सुनिश्चित गरेको नेता शाहले बताए। 

सरकारमा रहेका गठबन्धन दलका नेताहरूले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मिलेर जाने निर्णय गरेकोले गठबन्धनबाट जुनसुकैले उम्मेदवार भएर आएमा एक चित्त भएर निर्वाचित गराउनु नेता शाहको भनाई छ। अहिले कसले टिकट पाउने भन्ने विषय नभएर कांग्रेसलाई कसरी बलियो बनाउने भन्ने विषयमा महत्त्वपूर्ण रहेको उनको भनाई छ। 

नेपाल तरुण दलको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका नेता शाह २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए।

प्रकाशित: Aug 07, 2022| 08:04 आइतबार, साउन २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।