सोमबार, फागुन १८, २०८२

मेस्सी र नेयमार चम्किँदा पीएसजीको सानदार जित

पछिल्लो सिजनमा गोलको खडेरी लागेका मेस्सीले यो सिजनको पहिलो खेलमै दुई गोल गरेपछि शनिबार राति पीएसजीले ५–० को सानदार जित निकालको हो।
 |  आइतबार, साउन २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन २२, २०७९

काठमाडौं- सिजनको पहिलो खेलमै अर्जेन्टिना एवम् पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्लेमेकर लियोनेल मेस्सीले दुई गोल गरेका छन्। पछिल्लो सिजनमा गोलको खडेरी लागेका मेस्सीले यो सिजनको पहिलो खेलमै दुई गोल गरेपछि शनिबार राति पीएसजीले ५–० को सानदार जित निकालको हो।

लेरमोन्ट फुटको घरेलु रंगशालामा भएको खेलमा पीएसजीका नेयमारले खेलको नवौं मिनेटमै गोल गरेर खाता खोलेका थिए। यससँगै नेयमारले सिजनको पहिलो गोलसमेत गरेका छन्।

त्यस्तै पीएसजीलाई सहज जित दिलाउन आर्चिफ हाकिमीले २६औं मिनेटमा गोल गरे भने माक्रविन्होस्ले खेलको ३८औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै पीएसजी ३–० गोलले अघि थियो।

यता  मेस्सीले खेलको ८०औं र ८१औं मिनेटमा गोल गरेपछि उसले सानदार जित निकालेको हो। खेल अवधिभर ६२ प्रतिसत समय बलमा नियन्त्रण बनाएको पीएसजीले विपक्षीको पोस्टमा १२ प्रहार गरेको थियो।

शनिबार रातिकै अर्को खेलमा भने लियोनले अजाकोलाई हराएको छ भने स्ट्रासबर्गले मोनाकोसँग हार बेहोरेको छ।

kumari

प्रकाशित: Aug 07, 2022| 07:24 आइतबार, साउन २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।