सोमबार, चैत २, २०८२

स्कट मोरिसन अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
क्यान्बेरा– सत्तारुढ लिबरल पार्टीभित्र चलेको शक्ति संघर्षका कारण अस्ट्रेलियाका प्रधानमन्त्री माल्कन टर्नबुलले पदबाट हात धुनु परेको छ। उनको ठाउँ अनुदारवादी नेता स्कट मोरिसनले हत्याएका छन्।

प्रधानमन्त्री टर्नबुलले पछिल्ला दिनमा पार्टीभित्र व्यापक विरोधको सामना गर्नुपरिरहेको थियो। सोही कारण पार्टीको आन्तरिक निर्वाचनमा उनको गुट पराजित भएको हो।

एक दशकमा टर्नबुल त्यस्ता चौथा प्रधानमन्त्री हुन्, जो पार्टीको आन्तरिक शक्ति संघर्षका कारण सत्ताबाट बाहिरिनु परेको छ। उनका केही मन्त्रीले पनि राजिनामा बुझाइसकेका छन्। सत्तारुढ दलका केही सांसदले एक पत्रमा हस्ताक्षर गरेर पार्टी नेतृत्वमा मतदानका लागि बाध्य बनाएका थिए।

गत बिहीबार मात्र टर्नबुलले अस्ट्रेलियामा जे भइरहेको छ, त्यसलाई देखेर धेरै मानिस हैरान हुने बताएका थिए। 

३० औं प्रधानमन्त्री बनेका मोरिसन ‘टुरिजम अस्ट्रेलिया’का पूर्वप्रबन्ध निर्देशक हुन्। अध्यागमन र सामाजिक सेवाजस्ता मन्त्रालयमा मन्त्री रहिसकेका छन्। विदेश मन्त्री जुली बिसप पनि प्रधानमन्त्रीको दौडमा थिइन्। तर, उनी असफल भइन्। अस्ट्रेलियाको राजनीति लामो समयदेखि उथलपुथलबाट गुज्रिरहेको छ। पछिल्ला धेरै प्रधानमन्त्रीले आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।