आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : सिमानाकामा सुरक्षा निगरानी बढाइने

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : सिमानाकामा सुरक्षा निगरानी बढाइने

सीमानाकाबाट हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ।
 |  शनिबार, साउन २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २१, २०७९

जनकपुर- सीमानाकाबाट हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ।

जनकपुरधाममा शनिबार बसेको नेपाल–भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले खुला सीमानाकाको फाइदा उठाउँदै हुने चोरी, तस्करी, लागुऔषध ओसारपसार, अवैध गतिविधिलगायत आपराधिक क्रियाकलापलाई रोक्न दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

बैठकले सीमामा हुने अपराध कसरी नियन्त्रण गर्ने, लागुऔषधसम्बन्धी नियन्त्रण कसरी गर्ने, सीमास्तम्भहरूको अवस्था कस्तो छ ? मर्मत गर्नुपर्ने भए सम्बन्धित निकायमा पहल गर्ने, हराएको भए खोजी गर्नेलगायतका विषयमा निर्णय भएको प्रजिअ पौडेलले बताए।

यो बैठक नेपाल र भारतका सुरक्षाकर्मीको बस्ने नियमित बैठक रहेको र यस्ता बैठकले दुई देशबीचको सम्बन्ध सुमधुर हुनुका साथै समय–समयमा सुरक्षाकर्मीबाट सहयोग पनि भेटिरहेको प्रजिअ पौडेलले विश्वास व्यक्त गरे।

बैठकमा नेपालतर्फको नेतृत्व प्रजिअ पौडेलले गर्नुभएको थियो भने भारततर्फको नेतृत्व मधुवनी जिल्लाका डिएम अरबिन्दकुमार बर्माले गर्नुभएको थियो। सो बैठकमा प्रजिअ पौडेलसहित सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडी, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल तथा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। 

kumari




प्रकाशित: Aug 06, 2022| 21:31 शनिबार, साउन २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।